Siraha Times
ताजा समाचार

दलितहरु सवभन्दावढी विभेदमा परेको छ ः राज्य मन्त्री मण्डल

  • कार्तिक २१, २०७७
  • १०७० पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ कार्तिक २१ गते, सिरहाको कल्याणपुर नगरपालिकामा संयुक्त दलित मोर्चा सिरहाद्धारा आयोजित शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान कार्यक्रम र दलितहरुको समस्या र समाधान विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कल्याणपुर नगरपालिकाको १२ वटा वडाका दलित समुदायको अगुवाहरुको सहभागिता रहेको थियो ।
दलितहरुको समस्या र समाधान विषयमा अन्तरकृया कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्ड रहेको थियो ।मन्त्री मण्डलले देशमा सवैभन्दा पछाडिपारिएको दलित समुदायमाथि ठूलो विभेद रहेकोधारणा राखेको छ । अगाडी मन्त्री मण्डलले दलित समुदायको चेतना स्तरको कमिले राज्यले नै विभेद माथि विभेद गरिरहेकोले दलितहरु संगठित भई आफनो हक अधिकारका लािग स्वेयम् संघर्ष गर्नु पर्ने समेत बताउनुभयो । अगाडि बोल्दै मण्डले दलित समुुदायको गाँस,वासँ र कपासको जिम्मा राज्यको रहेकोले अहिले सम्म केही नगरेकोले दु ः ख समेत व्यक्त गरे । दलित समुदायको राज्यको हरेक निकायमा दलित समुदायको जनसंख्याको आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने समेत बताउनु भएको हो । मन्त्री मण्डले प्रदेश नम्बर दुईका सरकारले दलित समुदायको लागि सवै भन्दापहिलो दलित विधेयक ल्याएको बताउनुभयो । दलित विधेयकमा शासन देखी प्रशासन सम्मको हक अधिकार समावेश गरिएकोले प्रदेश सरकारले दलित समुदायको लागि सकारात्मक कार्यको थालनि गरेको बताउनुभयो । दलित विधेयक सँगै घर आवास कार्यक्रम लागिु समेत गरेको बताउनुभयो । राज्य मन्त्री मण्डलले मानिस अस्वस्थ्य परेको वेला व्लडबैंकबाट रगत लिन आफनो शरिरमा लिदा किन बैलाउदैन किनकि रगत सवैको एउटै छन यो भ्रम समाजबाट हटाउन जरुरी भएको समेत बताउनु भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवले दलितहरुको पछाडि परेकोले शिक्षामा जोडदिनुपर्ने धारणा राखेको छ । जनता समाजबादी पार्टीका कल्याणपुर नगर अध्यक्ष रामबावु यादवले दलित समुदायको हक हितको लागि सदैव तत्पर रहेको धारणा समेत राखेको छ । कार्यक्रममा अधिकारकमीै वि.पि.साहले समेत आफनो मन्तव्य राखेको छ । कार्यक्रममा दलित अगुवाहरु उमेश महरा, धने सदा, विरेन्द्र सदा, रामचन्द्र महरा, रामदुलार राम, संजय पासमान लगायतले मन्तव्य राखेको थियो । कार्यक्रम संचालन सुलिन्द्र सदा र स्वागत मन्तव्य उमेश राम ले गरेको थियो । कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिकाका कार्यँपालिका सदस्य बुलो देवी महराले गरेकी थिईन ।

संयुक्त दलित मोर्चा सिरहाद्धारा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा उधोग, पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रदेश नंः २ का सुरेश मण्डले गरेको थियो । जनता समाजवादी पार्टी कल्याणपुर नगरसमितीका अध्यक्ष रामवावु यादवले समेत आफनो मन्तव्य राखनु भएको छ । अधिकारकर्मी वि.पि.साहले समेत मन्तव्य राख्नु भएको छ । कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिकाको कार्यपालिका सदस्य बुलो देवी महराले गरेकी थिईन । कार्यक्रममा स्वागत मन्तव्य दलित अगुवा उमेश रामले गरेको थियो । कार्यक्रम संचालन सुलिन्द्र सदायले गरेको छ । कार्यक्रममा मन्तव्य दलित अगुवाहरु उमेश महरा, संजय पासमान, धने सदा, विरेन्द्र सदा, फुलगेन दास, रामचन्द्र महरा र रामदुलार रामले आ आफनो धारणा समेत राखनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१