दलितहरु सवभन्दावढी विभेदमा परेको छ ः राज्य मन्त्री मण्डल

  • कार्तिक २१, २०७७
  • ८७० पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ कार्तिक २१ गते, सिरहाको कल्याणपुर नगरपालिकामा संयुक्त दलित मोर्चा सिरहाद्धारा आयोजित शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान कार्यक्रम र दलितहरुको समस्या र समाधान विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कल्याणपुर नगरपालिकाको १२ वटा वडाका दलित समुदायको अगुवाहरुको सहभागिता रहेको थियो ।
दलितहरुको समस्या र समाधान विषयमा अन्तरकृया कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्ड रहेको थियो ।मन्त्री मण्डलले देशमा सवैभन्दा पछाडिपारिएको दलित समुदायमाथि ठूलो विभेद रहेकोधारणा राखेको छ । अगाडी मन्त्री मण्डलले दलित समुदायको चेतना स्तरको कमिले राज्यले नै विभेद माथि विभेद गरिरहेकोले दलितहरु संगठित भई आफनो हक अधिकारका लािग स्वेयम् संघर्ष गर्नु पर्ने समेत बताउनुभयो । अगाडि बोल्दै मण्डले दलित समुुदायको गाँस,वासँ र कपासको जिम्मा राज्यको रहेकोले अहिले सम्म केही नगरेकोले दु ः ख समेत व्यक्त गरे । दलित समुदायको राज्यको हरेक निकायमा दलित समुदायको जनसंख्याको आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने समेत बताउनु भएको हो । मन्त्री मण्डले प्रदेश नम्बर दुईका सरकारले दलित समुदायको लागि सवै भन्दापहिलो दलित विधेयक ल्याएको बताउनुभयो । दलित विधेयकमा शासन देखी प्रशासन सम्मको हक अधिकार समावेश गरिएकोले प्रदेश सरकारले दलित समुदायको लागि सकारात्मक कार्यको थालनि गरेको बताउनुभयो । दलित विधेयक सँगै घर आवास कार्यक्रम लागिु समेत गरेको बताउनुभयो । राज्य मन्त्री मण्डलले मानिस अस्वस्थ्य परेको वेला व्लडबैंकबाट रगत लिन आफनो शरिरमा लिदा किन बैलाउदैन किनकि रगत सवैको एउटै छन यो भ्रम समाजबाट हटाउन जरुरी भएको समेत बताउनु भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवले दलितहरुको पछाडि परेकोले शिक्षामा जोडदिनुपर्ने धारणा राखेको छ । जनता समाजबादी पार्टीका कल्याणपुर नगर अध्यक्ष रामबावु यादवले दलित समुदायको हक हितको लागि सदैव तत्पर रहेको धारणा समेत राखेको छ । कार्यक्रममा अधिकारकमीै वि.पि.साहले समेत आफनो मन्तव्य राखेको छ । कार्यक्रममा दलित अगुवाहरु उमेश महरा, धने सदा, विरेन्द्र सदा, रामचन्द्र महरा, रामदुलार राम, संजय पासमान लगायतले मन्तव्य राखेको थियो । कार्यक्रम संचालन सुलिन्द्र सदा र स्वागत मन्तव्य उमेश राम ले गरेको थियो । कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिकाका कार्यँपालिका सदस्य बुलो देवी महराले गरेकी थिईन ।

संयुक्त दलित मोर्चा सिरहाद्धारा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा उधोग, पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रदेश नंः २ का सुरेश मण्डले गरेको थियो । जनता समाजवादी पार्टी कल्याणपुर नगरसमितीका अध्यक्ष रामवावु यादवले समेत आफनो मन्तव्य राखनु भएको छ । अधिकारकर्मी वि.पि.साहले समेत मन्तव्य राख्नु भएको छ । कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिकाको कार्यपालिका सदस्य बुलो देवी महराले गरेकी थिईन । कार्यक्रममा स्वागत मन्तव्य दलित अगुवा उमेश रामले गरेको थियो । कार्यक्रम संचालन सुलिन्द्र सदायले गरेको छ । कार्यक्रममा मन्तव्य दलित अगुवाहरु उमेश महरा, संजय पासमान, धने सदा, विरेन्द्र सदा, फुलगेन दास, रामचन्द्र महरा र रामदुलार रामले आ आफनो धारणा समेत राखनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

मैथिल सेवा समाज पूर् ...

ओम प्रकाश यादव लहान वैशाख १७। मैथिली भाषा, संस्कृति र समाजसेवाको संवाहकका रूपमा स्थापित मैथिल स ...

धनगढीमाई–८ मा नवनिर् ...

    ओम प्रकाश यादव लहान वैशाख १७। सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा ...

जनमत पार्टीको बृहत आ ...

ओम प्रकाश यादव लहान वैशाख १६ । सिरहाको धनगढी नगरपालिका-६ (बसनपुर)मा जनमत पार्टीको बृहत आमसभा तथा पार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१