Siraha Times
ताजा समाचार

दलितहरुले शिक्षामा बढी ध्यानदिनु पर्छ ः मेयर यादव

  • कार्तिक २१, २०७७
  • १६८० पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ कार्तिक २१ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा नगरस्तरिय संयुक्त दलित मोर्चा सिरहाद्धारा शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान र दलितहरुको समस्या र समाधानको विषयमा अन्तरकृया कार्यक्रम विहिवार सम्मपन्न भएको हो । कल्याणपुर नगरपालिकाको रामजानकी धर्मशालामा कार्यक्रम भएको हो । कल्याणपुर नगरपालिका भित्रका दलित समुदायको उल्लेख्य सहभागिता रहको छ भने कल्याणपुर नगरपालिकामा १२ वटा वडाहरुरहेको छ ।
कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवले दलितहरुको समस्या र समाधानको विषयमा विशिष्ट अतिथिको रुपमा आफनो मन्तव्यमा सवैभन्दा पछाडि पारिएको दलित समुदायमा शिक्षा नआएसम्म दलितको मुक्ति तथा अधिकार सम्मपन्न नहुने वताउनु भयो । रोहिणी यादवले शिक्षा नै मानव जिवनको उज्यालो हो त्यसैले दलित समुदायले आ आफनो बालवालिकालाई शिक्षा तर्फ उन्मुख गराउन आग्रह समेत गरीन । मेयर यादवले शिक्षाको महत्वको बारेमा बोल्दै परोडी देश भारतामा डा.भिवराव अम्बेडकरलको चर्चा गर्दै शिक्षा ले विश्वमा प्रख्यातभएको समेत बताउनु भएको छ । मेयर रोहिणी यादवले समाजमा जातिय छुवाछुतमा कमि आएको समेत जिकीर गरिन उनले पहीले जस्तो नभएपनि केही गलत व्यक्तिले छुवाछुत गरिनु मुर्खता भएको बताईन । अगाडि भनिन मेरो कार्यकालमा कल्याणपुर नगरपालिका भित्रमा दलित माथि हुने समस्यामा साथ दिने समेत प्रतिवद्धता जनाईन ।
संयुक्त दलित मोर्चा सिरहाद्धारा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा उधोग, पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रदेश नंः २ का सुरेश मण्डले गरेको थियो । जनता समाजवादी पार्टी कल्याणपुर नगरसमितीका अध्यक्ष रामवावु यादवले समेत आफनो मन्तव्य राखनु भएको छ । अधिकारकर्मी वि.पि.साहले समेत मन्तव्य राख्नु भएको छ । कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिकाको कार्यपालिका सदस्य बुलो देवी महराले गरेकी थिईन । कार्यक्रममा स्वागत मन्तव्य दलित अगुवा उमेश रामले गरेको थियो । कार्यक्रम संचालन सुलिन्द्र सदायले गरेको छ । कार्यक्रममा मन्तव्य दलित अगुवाहरु उमेश महरा, संजय पासमान, धने सदा, विरेन्द्र सदा, फुलगेन दास, रामचन्द्र महरा र रामदुलार रामले आ आफनो धारणा समेत राखनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१