श्रद्धाञ्जली सभा लाई सान्ति सभाको रूपमा मनाउनु पर्छ : मन्त्री सैलेन्द्र साह

स्वास्थ कर्मिमा देशको एउटा ठुलो अभिभावक गुमाए : मन्त्री जितेन्द्र सोनल

  • कार्तिक २१, २०७७
  • ७८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ कार्तिक - सप्तऋषि अस्पतालका संचालक स्वर्गीय डा.पशुपति चौधरीको १३ औं दिनको पुन्य तिथिमा बिहिवार श्रद्धान्जली सभा सम्पन्न भएको छ। स्वर्गीय डाक्टर चौघरीको निवासमा कार्यक्रम सम्पन्न भएको हो।चौधरीको श्रद्धान्जली दिन केन्द्रिय मंन्त्री र प्रदेश मंन्त्रीहरुको भिड लागेको थियोे । डा. चौधरीको लहान स्थित कार्तिक ९ गते ६७ बर्षको उमेरमा लहानको निवासमा सोर्गारोहन भएको थियो।

श्रद्धाञ्जली सभामा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल,भुमि व्यवस्था कृषि तथा सहकारी मंन्त्री सैलेन्द्र प्रसाद साह,आर्थिक मामिला तथा योजना मंन्त्री विजय यादब,उधोग प्रर्यटन वन तथा बाताबरण राज्य मंन्त्री सुरेश कुमार मंण्डल लगायतका हजारौं राजनीति कार्यकर्ताहरुको सहभागिता रहेको थियो। ६श्रद्धाञ्जली सभा लाई सान्ति सभाको रूपमा मनाउनु पर्छ।मन्त्री सैलेन्द्र साह बताएका थिए।अर्को मंन्त्री जितेन्द्र सोनल भन्छन स्वास्थ कर्मिमा देशको एउटा ठुलो शक्ति र अभिभावक गुमाएको हामी सबैलाई महसुस भएको बताए।

 

राज्य मंन्त्री सुरेश मंण्डलका अनुसार स्वर्गीय डा.चौधरीले भौतिक शरीर मात्र छोडेर गयो उनले गरेको कृतिमान बर्सौ बर्ष सम्म जिवित रहिरहने उनले बताए। कार्यक्रममा सहभागी मंन्त्रीहरुले स्वर्गीय डा. चौधरीको तस्बिरमा फुल माला र अबिर अर्पण गरी श्रद्धाञ्जली सभा मनाएका थिए।चौधरीको अन्तिम अन्तेष्टी लहानको बलान खोलामा हिन्दु परम्परा अनुसार गरिएको थियो ।स्वर्गीय डा.चौधरी बिगत ११ महिना देखि पित थैलिको क्यान्सर बाट पीडित थिए।

चौधरीको जन्म सप्तरी जिल्लाको पथरगाडा गाबिस वडा नम्बर १ मा जन्म भएका थिए। चौधरी लाई एक छोरा र एक छोरी छिन । चौधरीको पार्थि शरीरमा जनता समाज बादी पार्टीको झणडा ओढाएर अन्तिम दाह संसकार गरेका थिए। अन्तिम संस्कारमा दुई मंन्त्रीको सहभागी रहेको थियो। पछीलो समय चौधरीले मधेस आन्दोलनको बेला राजनीतिमा सक्रिय थियो। चौधरीले गरेको काम सिरहामा नमुनाको रूपमा रहेको डाक्टर सुभाष साह ले बताए । चौधरीको श्रद्धाञ्जली दिन हजारौं ब्यक्तीहरुको सहभागिता रहेको थियो। बुबाको सोकमा डुबेका डा. सुभाष साहले श्रद्धाञ्जली सभा संगै दिवा भोजको समेत ब्यवस्था गरेको थियोे ।

कार्यक्रममा युवा नेता राम चलितर महतो, लहान नगर पालिका ३ का अध्यक्ष राम दयाँल महतो ,दिनेश महतो,पार्टीका केन्द्रिय सदस्य राकेश झा , केन्द्रिय सदस्य बिजय सिंह दनुवार , शत्रु धन मंडल, ललित नारायण महतो ,ओपेन्द्र सिंह ,हरिनारायण मंण्डल, मोहमद आलम अन्सारी ,राम उदगार महतो ,युवा नेता दिपेश यादव , सन्तोष यादव ,चन्द्र शेखर यादव ,राजा राम महतो,फनिलाल महतो , एमाले नेता रामनारायण महतो , काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी, लहान अस्पतालका भुपु अध्यक्ष फुलेश्वर महतो,श्रेया पोलिकिल्निक तथा उतिमलाल मेमोरियल होस्पिटलकी संचालिका डा.सुशीला सिंह ,लहान अस्पतालका भुपु मेसु डा.मिश्रिलाल साहु ,लिला मदन प्रसुति गृहका संचालक डा.दिलिप कुमार साह ,डा.रितेश गिरी ,डा.दिपेन्द्र यादव , डा. बिरेन्द्र यादव लगायत स्वास्थ कर्मिहरुको दिवा भोजमा सहभगिता रहेको थियो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत बहादुर क्षेत्री थापा लगायतका सुरक्षा कर्मिहरुको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१