माडर नाकाबाट ११ लाख १५ हजार किलो प्याज आयात

  • कार्तिक २०, २०७७
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक २० । सिराहाको माडर नाका हुँदै ठूलो परिमाणमा प्याज आयात गरिएको छ । विभिन्न १० नाका खुला गरिएकामध्ये सिराहाको माडर नाका पनि पर्छ । यही नाका भएर १ सय १५ पटक ट्रक, जिपलगायतका मालबाहक सवारीसाधानमा प्याज नेपाल भित्रिएको हो ।नेपालमा प्याजको संकट देखिएपछि माडर भन्सार हुँदै प्याज, आलुलगायतका कृषि उत्पादनहरू ठूलो परिमाणमा आयात गरिएको छ । माडर भन्सारअनुसार कात्तिक दोस्रो सातासम्म ११ लाख १५ हजार ९ सय ९१ किलो प्याज आयात गरिएको छ ।

नेपाल आयात हुँदा भन्सार कार्यालयमा प्रतिकिलो प्याजको मूल्य बढीमा २५ रुपैयाँ भारु उल्लेख गरिएको छ । माडर भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार कृषि सुधार शुल्क र भन्सार राजस्व गरी प्याजबाट ७९ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ संकलन गरिएको छ ।प्याज आयातका लागि स्थानीयदेखि अन्य जिल्लाका व्यवसायीहरू पनि माडर भन्सार आएका र ठूलो परिमाणमा प्याजको आयात गरेको सूचना अधिकारी गुप्ताले बताए ।

लक्ष्यको आधा राजस्व तीन महिनामै 
लकडाउन खुकुलो भएसँगै माडर भन्सार कार्यालयले लक्ष्यको आधा राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षमा १७ करोड २१ लाख ९८ हजार राजस्व असुली गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले ३ महिना (साउन, भदौ र असोज) मा ८ करोड १५ लाख ८८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।चालू आर्थिक वर्षको साउनमा २ करोड ६८ लाख ९० हजार, भदौमा २ करोड १९ लाख ३८ हजार र असोजमा ३ करोड २७ लाख ६० हजार राजस्व असुली भएको सूचना अधिकारी गुप्ताले बताए ।

गत आर्थिक वर्षमा माडर भन्सारले लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । कोरोनाका कारणले लकडाउन भएपछि भन्सारमा चैतदेखि सामान आयात ठप्प भएपछि असुली नै शून्य भएको गुप्ताले बताए । गत आर्थिक वर्ष ०७६/७७ मा २० करोड ३० लाख ८ हजार लक्ष्य दिएकोमा १७ करोड ७३ लाख ४० हजार मात्र राजस्व संकलन भएको उनले जानकारी दिए । माडर नाका भएर मार्बल्स, एसबेस्टर, लत्ताकपडा, इलेक्ट्रोनिक्सका सरसामानको आयात हुँदै आएको माडर भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१