Siraha Times
ताजा समाचार

मंन्त्री स्वागतमा लहान नगरपालिका ले लाखौं रकम दुरुपयोग

कोरोना कहरमा मठ मन्दिर सुनसान, राजनीति जल्सामा घुईचो

  • कार्तिक ९, २०७७
  • ५८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ कार्तिक । कोरोना कहरको मध्य नजर गर्दै ,जिल्ला प्रशासन कार्यालय सिरहाले मठ मन्दिरमा भिड भाड नगरी पुजा अर्चना गर्न गराउन आदेशात्मक अनुरोध पछि स्थानीय भने यसपालि घरमै पुजापाठ गर्ने तिर लागेको अवस्था रहदा, रहदै पनी राजनैतिककर्मीहरुको कार्यले बालुमा पानी हालेको जस्तो देखिन्छ । प्रशासनको निर्देश लाई अटेर गर्दै डरलाग्दो भिडभाडका साथ लाहान नगरपालिकाले महिला, बालबालिका एवं ज्येष्ठ नागरिक मन्त्री लिला श्रेष्ठको सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।फोहोर फाल्ने ट्र्याक्टरमा दलित समुदायको निर्दोष जनसमुदायलाई कोचेर दर्शक बनाईनु दु:खद हो भन्दै लाहान १ का नैनी रामले बताए। रामको अनुसार कोभीड १९ को माहामारीले अक्रान्त भएको बेला दलित समुदायलाई फोहोरको ट्र्याक्टरमा लादेर ल्याउनु नगरप्रमुखको फोहोर राजनीतिको प्रतिक हो। ट्र्याक्टरमा बसेका दर्जनौ द्लित स्थानीयवासी मास्क नलगाएको अवस्था थियो । मंन्त्री स्वागतमा करिब लाखौं स्वागत खर्चिएको देखियो। खर्चको विवरण बुझन खोज्दा लहानको प्रमुख प्रसास्किय अधिकृत को पटक -पटक फोन गर्दा फोन न उठेको अबस्था रहियो । यसरी आफै नियम लगाउने र आफै नियम तोडेपछि सर्वसाधारण अलमल्लमा परेको स्थानीयको भनाई छ। समाजिक दुरीलाई ख्याल नगरी यसरी जमघट गराउनु नगरपालिका र नगरप्रमुखको ठुलो भुल भएको ले स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१