कल्याणपुर नगरपालिकाको चिकना बजारमा शाखा रहित बैंक संचालन

  • कार्तिक ४, २०७७
  • १७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ४, कार्तिक । सिरहाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने कल्याणपुर नगरपालिकाको वडा नम्बर - ५ मा सोमबार देखि ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएको छ । लोकमार्ग भन्दा करिब १५ किलोमीटर दक्षिण भेगमा पर्ने चिकना बजारमा सो सेवा संचालनमा आएको हो । स्थानीय बासीलाई सेवालिन दुरदराज शहर जानुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यले गाउँमै बैंकिङ्ग सेवा संचालनमा आएको हो । सोमवार चिकना बजारमा प्रदेश नम्बर- २ सरकारका उधोग , पर्यटन , वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले औपचारिक रूपमा बैंकिङ्ग सेवाको बिधिवत रूपमा उदघाटन गरेको थियो । प्रदेश सभाका लागि सिरहा क्षेत्र नम्बर २ को (ख )बाट निर्वाचित मन्त्री मण्डलले ग्रामीण क्षेत्रमा संचालन बैंकको सेवालाई प्रगतिको शुभकामना दिनुभएको छ ।

प्रमुख अतिथिको रूपमा उदघाटन गर्न आएका मन्त्री मण्डलले सो एरिया किसान नै किसानले भरिएको क्षेत्र भएकाले कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गर्नुभयो । समाजमा घुलमिल गरि सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्न आग्रह गरेका छन् । किसान संग चर्को ब्याज नलिई उत्पादनको क्षेत्रमा जोडतोड रुपमा काम गर्न मन्त्री मण्डलले बैंकलाई आग्रह गरे । बिशिस्ट अतिथीको रूपमा आसन ग्रहण गर्नुभएका नेपाल नेपाल पत्रकार महासंघ सिरहा सभापति दिनेश्वर प्रसद गुप्ताले यस भेगका जनताका लागि बैंकिङ्ग सेवा आवश्यक महसुस भएको कारण सहज र सरल तरिकाले सेवा दिन शुभकामना दिनुभयो । युवालाई नेपालमै रोजगारी दिन कृषि क्षेत्रमा प्रोत्साहन गर्न उनले आग्रह गरे ।

वडा नम्बर - ५ का वडा अध्यक्ष दिपेन्द्र यादव बरबरियाले चुनाव प्रचार प्रसार गर्ने क्रममा यस भेगका नागरिकलाई बैंकिङ्ग सेवा दिने प्रतिवद्वता अनुरुप प्रतिवद्वता पुरा भएकोमा आफु खुसी भएको बताएका थिए । त्यसैगरी वडा नम्बर- ६ का वडा अध्यक्ष मोतिबुल राईनले भने वडा नम्बर- ५ चिकना र वडा नम्बर- ६ भोक्राहा संगै जोडिएको वडा भएकोले विशेष गरी दुवै वडाका नागरिकले बैंकको सेवाबाट प्रत्यक्ष फाईदा लिने बताउनु भयो । मा जलपा ईन्टरप्राईजेज कल्याणपुर नगरपालिका वडा नम्बर- ६ द्वारा संचालित शाखा रहित बैंकिङ्ग सेवामा समय अनुसार नाया नाया सुविधाहरु आउने गरेको संचालक किरण कुमारी साहले बताइन् । शाखा रहित सेवाबाट एक दिनमा एउटा ग्राहकले ५० हजार रकम मात्र झिक्न सक्ने र ३ लाख सम्म डिपोजिट गर्न सक्ने बताए । मेरी उनी लाई सेवा मुद्वती बचत लगायत धेरै प्रकारको सुविधा यस बैंकको रहेको जानकारी दिनुभयो । यो बैंक गाउँमा आएकोले कृषि क्षेत्र र युवा रोजगारलाई विशेष प्राथमिकतामा राख्ने साहले प्रतिवद्वता गरे ।

कार्यक्रममा तत्कालीन राजपाबाट मेयर पदका प्रत्यासी उम्मेदवार रामवावु यादव , तल्लीन संघिय समाजवादी फोरमका मेयरका प्रत्यासी उम्मेदवार प्रदीप साह , फोरमबाट वडा नम्बर - ७ का प्रत्यासी वडा अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र यादव , ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाका प्रवन्धक लोकनाथ पौडेल , गोलवजारका शाखा प्रवन्धक श्रवण कुमार महासेठ , बैंककै कर्मचारी मुरली प्रसाद साह , सरिता कुमारी साह लगायतले शुभकामना मन्तव्य राखेका थिए । सामाजिक अभियानता कुशेश्वर साह पञ्जियारको अध्यक्षतामा संचालित उदघाटन समाहरोह कार्यक्रममा किसान, बुद्धिजिबि, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता , युवा, बैंकका कर्मचारीहरु लगायत हजारौं स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रममा जनचेतनामुलक संाकृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१