Siraha Times
ताजा समाचार

बरियारपट्टी गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न, किसानको लागि सिचाई नि:शुल्कको घोषणा

  • कार्तिक ४, २०७७
  • १४४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ कार्तिक । सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टीले चौथो गाउँ सभा सम्पन्न गरेको छ । कार्तिक २ गते सम्पन्न गरिएको गाउँ सभाबाट गाउँपालिकाले आर्थिक बर्ष ०७७/७८ को लागि ५१ करोड ८७ लाख ६८ हजार २ सय चौबीस रुपैयाँ छुट्याएको छ। गाउँपालिका अध्यक्ष सन्तोष महतोको अनुसार आन्तरिक श्रोत बाट १ करोड ५५ लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदानको ९ करोड ६३ लाख, संघीय सरकारको सशर्त अनुदानको १७ करोड २ लाख, संघीय सरकारको विशेष अनुदानको १ करोड ५० लाख, संघीय सरकारको राजस्व बाँडफाँडको ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानको ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदानको २० लाख, सामाजिक सुरक्षा भत्ता वापत ३करोड ५५लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमको १० लाख ३० हजार, सौर्य उर्जा कार्यक्रमको ८लाख र गत बर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ गरी जम्मा ५१ करोड ८७ लाख ६८ हजार २सय चैबिस रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१