Siraha Times
ताजा समाचार

कल्याणपुर न.पा.भित्र दशैमा भिडभाड नगर्न अनुरोध– का.वा.मेयर रोहिणी

  • कार्तिक ३, २०७७
  • २३९२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷कार्तिक ३ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपािलकामा कोरोना संक्रमण विश्वव्यापि वढीरहेको वेला कल्याणपुर नगरपालिकाले कोरोना सरुवा रोग भएकोले संक्रमण बढने खतरालाई मध्यनजर गर्दै कल्याणपु नगरपालिकाको कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादवले कार्तिक २ गते नगरपालिकाको १२ वटै वडाका वडाकार्यालयहरुलाई लिखित आदेश पठाएका छन । का.वा. नगरप्रमुख रोहिणी यादवले हिन्दुहरुको महानपर्व वाडा दशैको घटस्थापनादेखी नवमी सम्म कल्याणपुर नगरवासिलाई नगरपालिकाक्षेत्र भित्रमा शक्तिपिठएवंम् मन्दीरमा नित्य पूजाबाहेक सर्वसाधारणलाई भिडभाड नगर्न अनुरोध गरेकी छिन ।
कल्याणपुर नगरपालिकाको का.वा. प्रमुख मेयर रोहीणी कुमारी यादबले आफनै आफनै घरमा बसेर तथा ज्यानको ख्यालगर्दै घरमानै हर्षेाउल्लासका साथ दशैमनाउदा उत्तम हुने जानकारि दिनुभएको हो । भिडभाडमा जादाँ कारोनाको संक्रमण बढने खतरा रहेकाले आफुले नगरवासिलाई ज्यानको सुरक्ष्ााँ आफै गर्न गराउन प्रत्येक वडालाई पत्राचार गरेको छ ।कल्याणपुर नगरपालिकाका नगर प्रमुखले वडा दशैको समृद्धि, विकास, सुख र शान्तिको कामना गर्दै नगरवासिलाई शुभकामना समेत दिएको छ ।

कल्याणपुर नगरपालीकामा कल्याणपु वडा नम्बर ११ मा प्रत्येकवर्ष दशमीको दिन बोका वलि दिने मेलालाग्ने गर्द छ । का.वा.रोहिणीका अनुसार पछिल्लो वर्ष जस्तै भिडभाड तथा मेलालगाउनका लागि समेत निधेष गरिएको छ । कल्याणपुर नगरपालिकाको वडा नंः११ का वडा अध्यक्ष तथा दुर्गा मेला समितीका अध्यक्ष समेत रहेको राजेश्वर यादवले विगतवर्ष जस्तै मेला तथा पशुवलि र भिडभाड नहुने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१