मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित

  • कार्तिक २, २०७७
  • १३२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कात्तिक २ | धनुषाको मिथिला बिहारी नगरपालिका नगर प्रमुख अनिल यादवले कार्यपालिकाको निर्णय बिना एकलौटी कार्यक्रम अगाडि बढाएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन । नगर प्रमुख यादवले नगरपालिकाको खर्चमा साईकल बितरण कार्यक्रम गरि कोरोना माहामारीको समयमा अनावश्यक भिडभाड जम्मा गरी राजनीति कार्यक्रम आयोजना गरेकोप्रति घोर निन्दा गरिएको छ । आ.ब. २०७५।०७६ को बजेटले रु.२९९५५७३मा ४३०थान लेडिज साईकल खरिद गरिएकोमा २ बर्ष पछि कोरोना भाइरस संक्रमणको महामारीमा आईतवार कार्तिक २ , २०७७ मा “साईकल बितरण तथा शुभकामना अदान प्रदान कार्यक्रम“ कार्यपालिका निर्णय बिना नगर प्रमुखको एकलौटी आदेशले नगरपालिकाको खर्चमा साईकल बितरणको आडमा भिडभाड जम्मा गरि राजनीति कार्यक्रम आयोजना गरिएकोमा निन्दा गर्दै तानाशाही कार्यक्रम बहिष्कारको लागि सबै नगरबासीसंग अनुरोध गरिएको छ । नगरपालिकाका वडा नं. २ अध्यक्ष सुरेश मंडल , वडा नं. ३ अध्यक्ष कृष्ण कुमार बसन्त , वडा नं. ६ अध्यक्ष राम प्रकाश यादव , वडा नं. १० अध्यक्ष ललित नारायण झा , कार्यपालिका सदस्यहरु राम उदगार दास,उमेश कुमार साह, उर्मिला देवी महरा,रासो देवी , मदन ठाकुरले संयुतm रुपमा प्रेस विज्ञप्ति जारी गरि कार्यक्रम बहिस्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१