आदालतको आदेश अवज्ञा गर्दै सुखिपुर नपाले सार्वजनिक भवन निर्माण गर्दै

  • कार्तिक २, २०७७
  • १९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २, असोज । सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर - १० को नङ्गुरवा कियोटटोलमा सार्वजनिक दलान निर्माण कार्य भैरहेको छ । सार्वजनिक जग्गामा नगरपालिका द्वारा भवन निर्माणको काम भएपनी नवनिर्मित भवनको पछाडी पट्टी सोही नगरपालिका वडा नम्बर - ७ निवासी रामकुमार महतोको निजि जग्गा छ । जग्गाधनी महतोको छोरा देवचन्द्र कुमार सिंहद्वारा आज गरेको पत्रकार सम्मेलनको बिज्ञप्तिमा लेखिएको छ - कित्ता नम्बर १०६ को १ कठ्ठा २ धुर जग्गाको मुखै बन्द हुनेगरी नगरपालिकाले सार्वजनिक जग्गामा भवन निर्माण गरेको हो ।

'मेरो जग्गाको मुख छेकिएकोले भवन निर्माण कार्य रोक्न मैले जिल्ला आदालत सिरहामा नगरपालिकालाई बिपक्षी बानाई मुद्दा दिएको छु,` मुद्दाको छिनोफानो नभए सम्म आदालतले भवन नबनाउन आदेश दिएको छ तै पनि भवन को निर्माण कार्य बन्द नगरेको सिंहले बताएका छन् ।´ उनले भने - उक्त क्षेत्रफल भएको जग्गा घडेरी हो नगरपालिकाले मुखै छेक्ने गरि भवन निर्माण गर्नु कताको जायज हो । जग्गा धनी संग लिखित रुपमा सहमति नगरी नगरपालिकाले भवन निर्माण गरिरहेको उनको आरोप छ ।

output_uLKW40

नगरपालिकाले करिब ३० फिट लम्बाई १९ फिट चैडाई भएको एक तल्ले भवन निर्माण गरिरहेको छ । एक जना स्थानीय वडा नम्बर ७ निवासी दिपेन्द्र कुमार यादवले भने जग्गाको मुख ७५ फिट छ जग्गाको दक्षिण पट्टी करिब २९ फिट र उत्तर पट्टी ११ फिट छोडेर भवन निर्माण गरिरहेछ । सो विषयमा वडा अध्यक्ष संग कुरा गर्दा वडा नम्बर - १० का वडा अध्यक्ष रामलखन महतोले भने यो भवन कतिको लागतमा बनिरहेको छ मलाई केही थाहा नदिई नगरपालिकाले भवन निर्माण गरिरहेको बताए। कसैको निजि सम्पतीको मुख छेक्ने गरि भवन निर्माण गर्नु सामाजिक रुपले जायज नभएको उनले प्रतिक्रिया दिए । "si" स्थलगत रुपमा उक्त ठाउँमा पत्रकारको एक टोलिले रिपोर्टिङ गर्न जादा नव निर्मित भवनको काम भैरहेको थियो । भवनको काम सुचारु अबस्थामा देखिएपनि लागत पारदर्शी हुने खालका सार्वजनिक सूचना पार्टी रहेको थिएन । यता सो विषयमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा श्रवणकुमार साह संग सोध्दा मेयरलाई थाहा छ यसबारे मलाई खासै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१