आदालतको आदेश अवज्ञा गर्दै सुखिपुर नपाले सार्वजनिक भवन निर्माण गर्दै

  • असोज २८, २०७७
  • १६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८, असोज । सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर - १० को नङ्गुरवा कियोटटोलमा सार्वजनिक दलान निर्माण कार्य भैरहेको छ । सार्वजनिक जग्गामा नगरपालिका द्वारा भवन निर्माणको काम भएपनी नवनिर्मित भवनको पछाडी पट्टी सोही नगरपालिका वडा नम्बर - ७ निवासी रामकुमार महतोको निजि जग्गा छ । जग्गाधनी महतोको छोरा देवचन्द्र कुमार सिंहद्वारा आज गरेको पत्रकार सम्मेलनको बिज्ञप्तिमा लेखिएको छ - कित्ता नम्बर १०६ को १ कठ्ठा २ धुर जग्गाको मुखै बन्द हुनेगरी नगरपालिकाले सार्वजनिक जग्गामा भवन निर्माण गरेको हो । 'मेरो जग्गाको मुख छेकिएकोले भवन निर्माण कार्य रोक्न मैले उच्च आदालत जनकपुर राजबिराजमा नगरपालिकालाई बिपक्षी बानाई मुद्दा दिएको छु,` मुद्दाको छिनोफानो नभए सम्म आदालतले भवन नबनाउन आदेश दिएको छ तै पनि भवन को निर्माण कार्य बन्द नगरेको सिंहले बताएका छन् ।´ उनले भने - उक्त क्षेत्रफल भएको जग्गा घडेरी हो नगरपालिकाले मुखै छेक्ने गरि भवन निर्माण गर्नु कताको जायज हो । जग्गा धनी संग लिखित रुपमा सहमति नगरी नगरपालिकाले भवन निर्माण गरिरहेको उनको आरोप छ । नगरपालिकाले करिब ३० फिट लम्बाई १९ फिट चैडाई भएको एक तल्ले भवन निर्माण गरिरहेको छ । एक जना स्थानीय वडा नम्बर ७ निवासी दिपेन्द्र कुमार यादवले भने जग्गाको मुख ७५ फिट छ जग्गाको दक्षिण पट्टी करिब २९ फिट र उत्तर पट्टी ११ फिट छोडेर भवन निर्माण गरिरहेछ । सो विषयमा वडा अध्यक्ष संग कुरा गर्दा वडा नम्बर - १० का वडा अध्यक्ष रामलखन महतोले भने यो भवन कतिको लागतमा बनिरहेको छ मलाई केही थाहा नदिई नगरपालिकाले भवन निर्माण गरिरहेको बताए। कसैको निजि सम्पतीको मुख छेक्ने गरि भवन निर्माण गर्नु सामाजिक रुपले जायज नभएको उनले प्रतिक्रिया दिए । स्थलगत रुपमा उक्त ठाउँमा पत्रकारको एक टोलिले रिपोर्टिङ गर्न जादा नव निर्मित भवनको काम भैरहेको थियो । भवनको काम सुचारु अबस्थामा देखिएपनि लागत पारदर्शी हुने खालका सार्वजनिक सूचना पार्टी रहेको थिएन । यता सो विषयमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा श्रवणकुमार साह संग सोध्दा मेयरलाई थाहा छ यसबारे मलाई खासै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१