ताजा समाचार

बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्छ मुख्यमन्त्री राउत

  • असोज २३, २०७७
  • ८७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज २३ । अहिले देशैभरि बलात्कारका घटना बढेका छन् । कैयौं ठाउँमा बलात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको छ । कतै प्रहरीले समातेर मुद्दा चलाए पनि अदालतबाट रिहा हुने गरेका छन् । यसरी बलात्कारका घटना बढेपछि अपराधीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग हुन थालेको छ । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने बहस भइरहेकै बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि त्यो बहसमा समर्थन जनाएका छन् । उनी संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने बताउँछन् । राउत भन्छन्, ‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ ।

यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै बलात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।’ प्रदेश सरकारले अधिकार नपाएका कारणले पनि अपराधीहरुलाई कडा सजायँ गर्न नसकिएको मुख्यमन्त्री राउतको प्रतिक्रिया छ । संघीय व्यवस्थामा गएपछि पीडितहरुले सीधै आफ्नो आवाज प्रदेश सरकारमा राख्न पाएको उनी बताउँछन् । बलात्कार गर्नेलाई पर्याप्त सजायँ नभइरहेको अनुभूति मुख्यमन्त्री राउतले गरेका छन् । ‘जोसँग पैसा छ, केही समय थुनामा बस्छ र उम्किहाल्छ’ राउत भन्छन्, यो भावना बलात्कारीमा देखिएको छ ।

बाँकी जीवन जेलभित्रै सड्नुपर्छ भन्ने डर उसमा आएकै छैन ।’ अहिलेको अवस्थामा अपराधीहरु जसरी उन्मुक्ति पाइरहेका छन्, त्यो दुःखद रहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘जहाँ दण्ड छैन, त्यहाँ कानुनको औचित्य हुँदैन । प्रहरीले अपराधीलाई समातेर ल्याए पनि दण्डित गर्ने किसिमले मुद्दा फायल गर्न सकेनौं भने हाम्रो औचित्य के रहन्छ ?’ ‘संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्छ’ कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताउँदै मुख्यमन्त्री राउत ‘म त भन्छु– बलात्कारी वा बलात्कारपछि हत्या गर्नेलाई मार्नैपर्छ । अन्यथा, बलात्कारका घटना भइरहन्छन् ।’ बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृत्युदण्ड नै दिनुपर्नेमा जोड दिँदै उनले अगाडि भने, ‘यस्ता अपराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी छ ।’ यो समाचार जनकपुर प्लस बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤