दलितकाे बिचल्ली

  • असोज २२, २०७७
  • १२२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय महरा सिरहा असोज २२ छोरा गुमेपछि शोकमा डुबेका उनलाई गाउँकै अगुवा भनाउँदाले २० लाख दिने र छोरालाई सहिद घोषणा गराउने प्रलोभनमा पारे । जाहेरी फेर्न र शव बुझेर दाहसंस्कार गर्न लगाए । तर, उनको हातमा एक सुको पनि परेन । उनलाई न्याय दिलाउन गरिएको आन्दोलन पनि उत्कर्षमा पुग्नै लाग्दा बीचमै तुहियो ।
त्यसैको समीक्षा गर्न दलित अगुवाहरू भेला भएका थिए । अन्तर्क्रियामा सर्लाहीदेखिका दलित अगुवाहरू आएका थिए । प्रहरी यातनाबाट छोराको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै सडक संघर्षमा होमिएका उनी गाउँकै अगुवा शेख करिमुल्लाहले फसाएको बताउँछन् । आफूलाई रौतहटबाट एम्बुलेन्समा काठमाडौं पुर्‍याएर एउटा गल्लीमा लगेर ५ पन्ना कागजमा हस्ताक्षर गराएको उनको भनाइ छ । त्यो कागजमा के लेखिएको थियो भन्ने पनिलाललाई थाहा छैन । सामान्य लेखपढ गर्नसमेत नजान्ने उनी २० लाख दिन्छु भनेपछि मख्ख परे । कागजमा सही गरे ।

दोषीलाई कारबाहीलगायत ११ बुँदे माग राखेर आन्दोलन गरिरहेको निरन्जन विजय हत्या संघर्ष समितिले माग पूरा नभएसम्म विजयको शव नबुझ्ने अडान राखेको थियो । यसैबीच जिल्ला प्रहरीका तत्कालीन एसपी रविराज खड्कालगायत ६ जना प्रहरीविरुद्ध यातना र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दर्तासमेत गराइसकेको थियो । आन्दोलनकारी र परिवारलाई थाहै नदिई पनिलाल रकमको प्रलोभनमा परेर काठमाडौं गएको खुलेको छ । ‘ममाथि ठूलो अन्याय भयो । लोभमा परेर ठूलो भूल गरें । न पैसा पाएँ, न छोरालाई सहिद घोषणा गरियो,’ पनिलालले भने, ‘मलाई न्याय दिलाउन सहयोग गर्नुस् ।’

उनले काठमाडौं पुगेलगत्तै ४ जना प्रहरीको रोहबरमा कागजमा सही गर्न लगाएको सुनाए । पनिलालका अनुसार तत्कालीन एसपी खड्का इलाका प्रहरी गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरीका तत्कालीन इन्स्पेक्टर नवीनकुमार सिंह, सई वीरेन्द्र यादव, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मुन्ना सिंहविरुद्ध दिइएको जाहेरी नै बदलेको रहेछ । ‘मलाई जाहेरी फेरिएकै थाहा छैन । पूरा योजनाअनुसार झुक्याएर पैसाको लोभ देखाई लास बुझ्न लगाइयो,’ उनले भने । एसपी खड्का, डीएसपी महतो र सई यादवको नाम हटाएर इन्स्पेक्टर सिंह र हवल्दारद्वय सिंह र धनियाको मात्र नाम राखेर अर्को जाहेरीमा सही गर्न लगाइएको थियो । उनले कागजमा सही गराउने व्यक्ति आफूले नचिनेको सुनाए ।

छोराको शव बुझ्नुअघि उनको हातमा ८ हजार रुपैयाँ थमाइदिएको र त्यही रकमले पशुपति आर्यघाटमा छोराको दाहसंस्कार गरेर फर्किएका थिए । उनी गएकै एम्बुलेन्समा फर्किए । पनिलालको साथ लागेर एक आफन्त र दुई गाउँले साथमा गएका थिए । काठमाडौंबाट फर्किएपछि करिमुल्लाह सम्पर्कविहीन भएको उनको भनाइ छ । करिमुल्लाहले आन्दोलनमा सहभागी नहुन र नगर्नसमेत भनेको पनिलालले सुनाए । उनले शव बुझेर दाहसंस्कार गरेपछि दलितको आन्दोलन साम्य भएको छ । टिचिङ अस्पतालमा शव बुझेर आर्यघाट पुर्‍याउन नपाउँदै चिता तयारी अवस्थामा राखिएकाले पनि पुरै योजना बनाएर झुक्याउने खेल भएको पीडित परिवारका सदस्य राजेश रामले दाबी गरे । ‘करिमुल्लाह सरले विभिन्न खाले प्रलोभन देखाएर पीडितलाई काठमाडौं जान्न बाध्य बनाएको पाइएको छ,’ उनले भने ।

जिगडिया घटनामा पीडित परिवारलाई झुक्याएर आन्दोलन साम्य पार्ने काम भएको र यसमा दलित अगुवाकै हात रहेको भन्दै अन्तर्क्रिया कार्यक्रममा आरोपप्रत्यारोप भएको थियो । शेख करिमुल्लाहले भने पनिलाललाई कुनै किसिमको प्रलोभनमा नपारेको र उनी काठमाडौं गएकै थाहा नभएको दाबी गरे । ‘पनिलालजी कहाँबाट सञ्चालित हुनुहुन्छ मलाई थाहा छैन । उहाँ आफैं आएर क्षतिपूर्तिका लागि पहल गरिदिनुस् म मिल्न तयार छु भनेर गएका थिए,’ उनले भने, ‘कसैलाई अनाहकमा २०/२० लाख दिन्छु भनेर किन आस देखाउनु ? म काठमाडौं गएकै छैन । सबै झूटो आरोप लगाएका हुन् ।’

पनिलालले नाम फेरेर हुलाकमार्फत पठाइएको भनिएको जाहेरी प्राप्त भएको जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले बताए । प्रहरीका अनुसार हुलाकबाट आएको जाहेरीमा तत्कालीन एसपी खडका, डीएसपी महतो र सई यादवको नाम समावेश छैन । तीनै जनाका नाम हटाइएको छ । दलित अगुवा धर्मेन्द्र पासवानले न्यायका लागि लडिरहेका बेला लोभमा परेपछि ठूलो समस्या परेको सुनाए । ‘अब के गर्ने भन्ने छलफल हुँदै छ,’ उनले भने, ‘न्यायका लागि केही न केही गर्नैपर्छ यसै चुप बस्दैनौं ।’

प्रतिक्रिया दिनुहोस

जिल्ला स्तरीय समाचके ...

सप्तरी जिल्लाको नेगडा मा. बि. मा जिल्ला स्तरीय समा चकेवा महत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा समाचक ...

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१