देशमा कोरोनाको कहर, निजी बिधालयलाई कमाउने रहर

  • असोज २१, २०७७
  • १३०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनोज बनैता सिरहा असोज २२ । सोमबार बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले मंगलबार देखि लागु हुनेगरी संचालित रहेको विधालयहरु बन्द गर्ने निर्णय भएपनि केहि निजि विधालयले भौतिक रुपमै बिधालय संचालन गरिरहेको अवस्था छ । कोरोना कहरको बेला भौतिक दुरीको धज्जी उडाउदै लाहान, धनगढी लगायत सिरहाको विभिन्न ठाउँमा बिधालय संचालन भईरहेको जानकारी प्राप्त भएको छ । देश कोरोना कहरले अक्रान्त रहेको बेला निजि विधालयहरु आफ्नै कमाउने धुनमा रहनु घातक हुने भन्दै केहि अभिभावकले आश्चर्य प्रकट गरेका छन । सामुदायिक विधालय बन्द भएको बेला निजि ले आफ्नो मनोमानी गर्नु उचित नहुने उनीहरूको तर्क रहेको छ ।                           

डिसिएमसीको निर्णय विरुद्ध कक्षा संचालन गरिए सरुवा रोग ऐन २०२० अन्तर्गत बिधालयका प्राध्यापकलाई कार्यवाही गरिने भन्दै ईलाका प्रहरी कार्यालय लाहान (क) का ईन्चार्ज डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन । थापाको अनुसार बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न धेरै भिडभाड हुने ठाउँ लगायत बिधालयहरुमा समेत उच्च निगरानी गरिने छ । जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा विधार्थीहरुको भौतिक उपस्तिथिमा विधालयहरु संचालन नगरि वैकल्पिक सिकाई विधि अपनाउन पाउने निर्णय भएको हो तर लाहानका अधिकांश निजी विधालयहरु पुरा तामझामको साथ पठनपाठन गराईरहेको अवस्था छ । कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गरेको बेला निजी विधालयहरुले भौतिक उपस्थितिमा कक्षा संचालन गर्नुले सिरहालाई माहामारीको ईपिसेन्टर बनाउन सक्ने भन्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले चिन्ता जाहेर गरेका छन । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कनेलको अध्यक्षतामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले विधालयहरुमा बिद्यार्थीहरुको भौतिक उपस्थिति गराई पठनपाठन गर्दा/गराउदा जोखिमको ग्राफ उच्च हुनसक्ने भन्दै बिधालय बन्दको निर्णय गरिएको थियो ।                                 

बैठकमा जिल्ला अधिकारी कनेलले विधालयहरुलाई वैकल्पिक सिकाइ विधि अनलाइन, रेडियो, टिभी आदिको माध्यम ले पठनपाठन गर्न/गराउन अनुरोध गरेका थिए । जिल्ला प्रमुख कनेलको यस निर्णयलाई अधिकांश अभिभावकले परिपक्व निर्णयको रुपमा लिएका थिए भने सामुदायिक विधालयका शिक्षकहरुले समय सान्दर्भिक निर्णय भन्दै सिडियो कनेलको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१