ताजा समाचार

नेपाल शेर्पा संघ अमेरिका द्वारा दलितबस्तिमा राहत वितरण

  • असोज १६, २०७७
  • १६६२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा/ संजय महरा , सिरहा जिल्ला काे कल्याणपुर नगरपालिका वडा नम्बर १मा ५० घर दलितपरिवार लाई राहतवितरण गरेकाे हाे । ५० घरपरिवारलाई दाल, चामल, नुन र खानेतेलको प्याकेज राहत वितरण गरेको हो । शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा दलित विकास मञ्च सिरहाकाे व्यवस्थापन र शेर्पा संघ संघीय कार्यालयकाे समन्वय मा राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत दलित वस्तीमा पनि राहत वितरण गरेकाे छ । राहत वितरण कार्यक्रममा कल्याणपुर न.पा.का वडा अध्यक्ष जयराम कामतिकाे राेहबरमा राहत वितरण गरेकाे छ । राहत वितरण कार्यक्रममा दलित विकास मञ्च सिरशाका अध्यक्ष रूणा महरा र कार्यक्रम संयाेजक रविन महराकाे उपस्थित सहभागीता रहेकाे छ । नेपाल मा चैत ११ गतेदेखि लकडाउन गरेकाे कारण लामो समय सरकारले वन्दावन्दी घोषणा गरेसँगै दलित समुदायहरु बढी प्रभावित छ। राहत पाएका लटु सदा मुसहर ले राहतपाएपछि खुसि हुँदै भने याे खाधान्नले छाेराछाेरिकाे हाथमुख जाेडिने भयाे वहाले पाँच महिना बितिसक्यो खाधान्न समेत घटेकाेबेला शेर्पा संघ अमेरिकालाई धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤