ताजा समाचार

बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली

लामो समय देखि बन्द रहेको बरियारपट्टी गाउँपालिकाको विद्यालयहरु पुर्ण रूपमा बिहिवार देखि संञ्चालनमा

  • असोज १४, २०७७
  • ६७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा,लहान १४ असोज । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयहरु १५ गते देखी औपचारिक रूपमा संञ्चालनमा आउने भएको छ। मंगलवार बसेको गाउँपालीकाको बैंककले सो निर्णय गरेको हो। बुधबार देखि सम्पुर्ण बिधालयको सरसफाई तथा अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् । बरियारपट्टी गाउँपालिका भित्र रहेको बिधालयहरुमा बुधबार देखि शिक्षकहरुको उपस्थिति देखिका छन् भने कक्षा कोठा सरसफाई गर्न लागेका छन्।नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बाट सम्पुर्ण विद्यालयहरु बन्द गरेका थिए । मंगलबार बसेको पालिकाको बैठकले बिगत ६ महिना देखि बन्द रहेको पठन -पाठन ले शिक्षा क्षेत्रमा निकै नै पहिरो गएको देखिन्छ। नेपालको शिक्षा प्रणालीमा निकै नै छेति भएको पालिकाको शिक्षा अधिकृत पतासी यादव ले जानकारी दिनु भयो ।बैठकमा पालिका भित्र रहेको सम्पुर्ण सामुदायिक बिधालय र निजि बिधालयका, बुद्धिजिबि शिक्षक गरी २५ जना प्रधान अध्ययापकहरुको बैठकमा सहभागिता रहेको थियोे । बरियारपट्टी गाउँपालिका भित्र ६ वटा सामुदायिक बिधालयहरु अबस्थित छन् । गाउँपालिकाको निर्णयअनुसार १४ गते देखि पालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन र १५ गते देखी पठनपाठन सुचारु हुन लागेको छ ।

विद्यालयमा प्रवेश गर्नु अघि साबुन पानीले हात धुएर मास्क प्रयोग गर्ने वानि बसाल्दै, विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न दिने गाउँपालिकाको अध्यक्ष सन्तोष महतो निर्देशन दिएका हुन् । विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने ब्यव्यवस्था मिलाएर समाजिक दुरीको पाल्ना गर्दै कक्षा संचालन गर्ने गाउँ पालिकाका प्रमुख प्रसास्किय अधिकृत रंन्जित जंग अधिकारीले जानकारी दिनु भयो । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिएमा तत्कालै सम्बन्धित ठाँउको स्वास्थ केन्द्रमा जाँच गराउन गाउँपालिकाको निर्णय रहेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी कक्षा ६ देखी १२ सम्म २ सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख पताशी यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤