सिरहाको दुईठाउँमा पत्रकारद्धारा सरसफाईको अनुगमन

  • असोज १३, २०७७
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३ , असोज । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिरहाको आयोजनामा सोमबार सिरहा जिल्लाको दुई स्थानमा स्थलगत रुपमा अनुगमन गरिएको छ । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर – २ र सुखिपुर नगरपालिका वडा नम्बर– ४ मा अनुगमन भएको हो । खुल्ला दिशा मुक्त पश्चात पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत सिरहाको पत्रकारको एक टोलीद्धारा सो स्थानियतहको दुई वटा टोलमा अनुगम गरिएको नेपाल रेडक्रस सोसाईटी सिरहाका सो कार्यक्रमका कार्यक्रम संयोजक रामेन्द्रप्रसाद यादबले जानकारी दिनुभयो ।

अनुगमन टोलीद्धारा समुदाय स्तरमा साबुन पानीले हात धुने बिधिहरु , खानेपानी र सरसफाईको अबस्था , मास्क लगाउने बिधि , घर आङ्गन लगायत टोल सरसफाईको बर्तमान परिबर्तनको अबस्था, शौचालयको अबस्था लगायत पुर्ण सरसफाईको सुचक पालना कार्यान्वनको बिधिहरुको स्थलगत रुपमा अनुगम गरिएको जनाईएको छ । टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देबकुमार यादब , नेपाल पत्रकार महासंघका सिरहा सभापती दिनेश्वर प्रसाद गुप्ता , रेडियो नेपालका प्रतिनिधि संजय विश्वकर्मा , मिथिला रत्न पत्रिकाका शिवदयाल यादब , प्रदेश टाईम्स दैनिक पत्रिकाका प्रकाशक सम्पादक रामपुकार यादब लगायतको टोली रहेको थियो ।

सरसफईको क्षेत्रमा काम गरिरहेको आयोजक संस्था नेपाल रेडक्रस सोसाईटीले प्रभाबकारी रुपमा समुदाय स्तरमा कार्य गरेको निषकर्श निकालेका थिए । स्थानिय जनप्रतिनिधि र समुदायलाई प्रत्यक्ष रोहबरमा अनुगम गरेको थियो । अनुगमन कार्यक्रममा आयोजक संस्थाका टिएसएफ सौसल कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मधेसका मुद्दा अब आफ् ...

रहमुल लहान, माघ २८ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले मधेसका मुद्दा अब आफ्नै व्यक्तिगत जिम ...

जनमत पार्टीका रामस्व ...

लहान माघ २८ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीले चुनावी घरद ...

सप्तरी–४ मा कांग्रेस ...

लहान माघ २७ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१