ताजा समाचार

मेयरको मिलोमतोमा अबैध तरिकाबाट भइरहेको खानी उत्खनन बिरुद धनगढीमाई नगरपालिका

  • भदौ २९, २०७७
  • १६६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अरखदेव यादव सिरहा मेयरको मिलोमतोमा अबैध तरिकाबाट भइरहेको खानी उत्खनन बिरुद धनगढीमाई नगरपालिका वडा नम्बर ८ (कसहा) का युवाहरु सँगठित रुपमा आवाज उठाइरहेका छन् । सरोकारवाला पक्ष र ठेकेदारहरुका मेलोमत्तोमा भइरहेको सो कार्यले विकासको नाममा गाउको प्रकृतिक समरचना नै धोस्त गरिरहेको यहाको स्थानिय युवाहरुको जिकिर रहेको छ । यदि यस अनियमितता प्रति समयमै सबै गाउँलेहरु एक ढिक्का भएर यसको विरुदमा लागेन्न भने यहा भविष्यमा , जिवनका लागि अति आवश्यक ठनिने पानि का लागि हाहाकार मचन सक्छ , सिंगो गाउँ नै बाढीपहिरोको डुवानमा पर्न सक्छ , गाउँ का उरवर जमिन कटानमा परि गाउमा खाध्य सँकट को अवस्था सृजना हुन सक्छ । करोडौ लगानि गरेर बसेका ठेकेदारहरुले त केहि पैसा कमाउलान , सरकार पक्षका केहि सिमित व्यक्ति लाभान्वित त होलान , केहि स्थानीय ले पनि तत्कालिन लाभ त लेलान तर यसले भोलिको दिनमा सबै भन्दा बढी गरिव किसान परिवारलाई क्षति पुर्याउने अधिक सम्भावना छ । त्यसकारण समयमै सबै सरोकारवला पक्षहरुको ध्यान यस तर्फ केन्द्रित हुन आवश्यक देखिन्छ । यसरी समाजमा भइरहेका अनियमितता , गैरकानुनी कार्य, भ्रष्टाचार बिरुद्ध युवाहरुले चालेका कदमलाई सम्बन्धित सबै पक्षले सम्मान गर्नु पर्छ । अनि मात्र भोलिको दिनमा युवाहरु समाजमा हुने गलत क्रियाकलाप प्रति उच्च मनोबल का साथ बोल्न सक्छन् । सरकारबाट हुने भुल , त्रूटी अथवा सरकारको कमिकमजोरी हरुमा सजग रहन र आवश्यक परेमा सहि सत्य बोल्न सक्ने वातावरण गाउँ - गाउँमा , ठाउ-ठाउमा सृजना गरिदिने जिम्म पनि युवाहरुकै काधमा थपिएको छ ।वा युवाहरुले उठाएका यस्ता आवाजहरुमा कुनै पक्षले पनि राजनीतिकरण नगरियोस । यहाका युवाहरुले चालेको यो कदम साच्चै नै प्रसंसनीय रहेको छ , म व्यक्तिगत रुपमा उहाँहरुको यस अभियानलाई भित्री हृदयबाट समान गर्न चाहन्छु। यसले आफ्नो समाजमा केहि गर्न चाहने युवाहरुलाई निक्कै उर्जा मिलेको छ । सबैले आ- आफ्नो ठाउँमा भइरहेको विकास र निर्माणको कार्यमा चासो राखौं । सम्पुर्ण समाज बसि बनाएको नियम लाई नमानेको स्थानिय सरकारले हईबे देखि 500 मिटर गाउँ देखि 500 मिटर स्कुल देखि 200 मि मन्दिर देखि 200 मि सखा रोड 150 मि खोला देखि 100 मि हाई टेन्सन पोल 200 मि

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤