ताजा समाचार

सिरहाको हातिदहमा बृक्षारोपन गरेर मनायो बिपी कोईरालाको जन्म जयन्ती

सिरहाको लहानमा बृक्षारोपन गरेर मनायो बिपी कोइरालाको १०७ औं जन्म जयन्ती

  • भदौ २५, २०७७
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ भदौ - नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औं जन्म जयन्ती सिरहाको लहानमा भबिय रूपमा मनाएको छ। लहान नगर पालिका वडा नम्बर १५ सोभापुर हाति दहमा बिपी कोइराला बुवा नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहा र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्य मन्त्री पदम नारायण चौधरी रहनु भएको थियो। प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले आफु सुरक्षित बसौं अरुलाई पनि सुरक्षित बस्न देउ भन्दै यो कोरोना मंहामारीलाई टारौ, मास्क र सेनिटाइजरको अनिवार्य रूपमा सबै जनाले प्रयोग गरौं, साबुन पानीले नियम रूपमा हात धुने बानी बसालौ सन्देश दिएका थिए।चौधरीले बिपीको जिबनी प्रति प्रकाश समेत पारेका थिए।बिपी कोइराला बुवा नेतृत्व बिकास मंचको सिरहा अध्यक्ष मुकेश कुमार महतो र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष शितल प्रसाद चौधरीको समेत उपस्थिति रहेको थियो। कोइरालाको जन्म दिनको अवसर मिलाएर पर्यटन क्षेत्र लाई प्राकृतिक सौर्न्दर्यता र स्व्च्छ हावा पानी र हरितकन वातावरण रहिरहोस उदेश्यले बिपी जस्तै युगौ युग सम्म उक्त ठाँउको बाताबरणमा ह्रास नहोस् उदेश्य रहेको थियो ।उक्त कार्यक्रममा वडा अध्यक्ष तेज नारायण चौधरीको समेत उपस्थिति रहेको थियोे।कार्यक्रममा लहान २३ का वडा अध्यक्ष कन्हैया गुप्ता ,नेपाली काङ्ग्रेसको नेतृ तथा नेपाली काङ्ग्रेसबाट लहान नगर पालिकाको उपमेयर प्रत्यासि पुनम चौधरी ,काङ्ग्रेसको पुर्व जिल्ला उपसभापति राम सुन्दर चौधरी ,महासमिति सदस्य मनोज गुप्ता,नेपाली काङ्ग्रेसको पुर्व सभापति तथा लहान नगर पालिकाको पुर्व नगर अध्यक्ष महेश चौधरी ,महिला संघको केन्द्रिय सदस्य संगीता कर्माचार्य ,कार्यक्रममा बिकास समिती र कार्यसमितिका पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे ।नेबि संघको निबर्तमान केन्द्रिय उपाध्यक्ष संजय यादव, सुदिप कुमार महतो ,निबर्तमान केन्द्रिय सदस्य संजय यादव, विद्यार्थी नेता रामकृष्ण यादव, सरोज चौधरी लगायत सयौं बिद्यार्थी नेताहरु को सहभागिता रहेको थियो । बृक्षारोपन गएको बिरुवाहरुमा असोभ , धुपी, मलेसियन साल , लगायत ७ प्रजातिका करिब २ दुई सय बिरुवा रोपेको विद्यार्थी नेता महतोले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤