प्रदेश बाट आएको राहतमा व्यापक अनियमियतता पाउनेले पाएन अध्यक्षको आसेपासे लाई राहातै राहात

  • भदौ २१, २०७७
  • १२५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जयनाथ यादव /लहान :-कोरौना भाईरसको देश व्यापी रुपमा लकडाउन पालना गर्ने क्रममा जिल्ला भरीमा प्रदेश सरकार उधोग ,पर्यटन वन तथा वातावरण मन्त्रालय ,प्रदेश नं.२ बाट जारी भएको राहत वितरणमा व्यापक अनियमियतता भएको छ । प्रदेश सरकारले घरेलु तथा साना उधोग कार्यालय लहान, सिरहा मार्फत ५८ वटा राहत प्याकेज जिल्ला भरीका प्रत्येक वडाहरुलाई राहत हस्तान्तरण गरेको थियो। प्रति प्याकेजमा संलग्न समानहरु चामल-२५ किलो ग्राम (सोना मंसुली ), दाल मसुरो -२ किलो ग्राम, खाने तेल तोरीको -१ लिटर,नुन-१किलो ग्राम,सोयाविन-५०० ग्राम,हात धुने साबुन ७५ ग्राम १थान रहेको थियो । राहत पाउन नसकेका उपभोग्य खाधान्न जुटाउन असमर्थ ,दैनिक हातमुख जोड्ने समस्याले ग्रसित दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजदुर,गरिव तथा आर्थिक रुपमा विपन्नसरुलाई पहिलो प्राथमिकतामा राखी समयमा राहत वितरण गर्ने मन्त्रालयले भनेको थियो तर निर्देशिका बमोजिम राहात नबाडेर वडा अध्यक्षले आफ्नै मनमोजी गरयो । नवराजपुर गाउँपालिकाका स्थानियबासी रामचन्द्र यादवको अनुसार वडा अध्यक्षहरुले सबै नियम कानुन लाई धज्जिया उठाएर समयमा गरिबले पाउने राहत बर्षाको सिजनमा १ महिनानै थन्काएर राखैर राहत प्याकेज सडायो कुहायो जो गरिबले राहात पाएपनी प्याकेजमा रहेको सबै समाग्री पाएको छैन तर वडा अध्यक्षले आफ्नौ आसेपासे लाई पहिलानै वितरण गरियो । वडा अध्यक्षहरुले यति सम्म गरियो कार्यालयमा थन्काएको राहात राती राती चौराएर आफ्नै मनमोजी गरिब विपन्न वर्गले पाउनु पर्ने राहत गलत ढंगले वितरण गरेर अनियमितता गरेको छ स्थानियको गुनासो छानविन गर्ने सम्बन्धित निकाय सँग माग समेत रहेको छ।

घरेलु तथा साना उधोग कार्यालय लहान,सिरहाका प्रमुख दिपेन्द्र कुमार यादवले राहत वितरण निर्देशिका प्रदेश सरकाले बाट जारी भएको पहिलो संशोधन २०७६ बमोजिम हामिले सम्पुर्ण प्रक्रिया पुगाएर जिल्लाको सबै वडाहरुमा राहात हामी लकडाउन अबधीमा वडा कार्यालयमा हस्तान्तरण गरियो जसमा गोलबजार ना.पा को एउटा वडा , मिर्चेया न.पा को २ ओटा वडा र लहान न.पा.को १ ओटा वडाले राहत बुझैको छैन । प्रत्येक वडाहरु हामी मौखिक र पत्र समेत पठाएर समयमै दैनिक हातमुख जोड्ने समस्याले ग्रसित दैनिक ज्यालादारीमा मजदुरी गर्ने ,गरिब तथा आर्थिक रुपमा विपन्नहरुलाई पहिलो प्राथमिकतामा राखी राहत समितिमा रहेको संयोजक वडा अध्यक्ष,सचिव सदस्य,सम्बन्धित विद्यालयको एक जना प्रतिनिधि र राष्ट्रियदल बाट एक जना प्रतिनिधिले बास्तविक व्यक्ति पहिचान गरि राहत वितरण गर्ने भनेकै हो ‌। हामीलाई पनी गुनासो आयो राहात सामाग्रीमा व्यापक अनियमियतता भएको समयमा राहत नदिएको कुहायो सडायौ आफ्नै मनमोजी राहात बाडेको यस्तो नहुनुर्पे तर भएको छ यो वडा कार्यलयको ठुलो लापरवाही हो उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१