Siraha Times
ताजा समाचार

अध्यक्ष यादवको पहलमा चु जी संस्थाद्वारा दलितलाई राहत

  • भदौ २०, २०७७
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान, २० भदौ । सरकारद्वारा निरन्तर जारी गरिएको लकडाउनका मार खेपीरहेका दलित समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले उक्त गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।गैरसरकारी संस्था चु अजी ले सखुवानन्कारकट्टी गाउँपालिका का ५ वटै वडाका कुल १२३४ घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । शनिबार बिहान ९ बजे शुरु गरिएको राहत वितरणमा वडा ५ का दलित समुदायले राहत पाएका हुन । राहत स्वरुप जिरा मसिनो चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायत रहेको छ ।

 

चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी सृजना गरेको कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन गर्दै यस प्रकारको राहत योजना ल्याएको बताए । चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गा. पा स्तर बाटै ब्यवस्थापन गरेको स्रोतले जानकारी दिएको छ । वडा ५ का स्थानीय शिवराम रजक ले यस्तो सम्वेदनशिल घडीमा अध्यक्ष यादवले गरेको पहललाई सराहनीय कदम बताएका छन । त्यसैगरी वडा ५ कै तेतरी देवी रामले राहत पाएकोमा खुशी ब्यक्त गरेकी छिन । उक्त वडा कै दुर्गानन्द रामले भने " हामी पत्याएका थिएनौ कि अब फेरि स्थानीय सरकारले केही गर्ला तर यस्तो संकटको समयमा हाम्रो गा.पा ले गरेको पहललाई स्वागत गर्दछु ।" त्यस्तै शैनी राम मोचीले पनि राहत वितरणलाई स्वागतयोग्य कदम भन्दै गा.पा को प्रयासलाई सराहना गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१