सिरहाको आभेनगर बाट पुनः लागु औषध बरामत

लागु औषध सहित तिन तस्कर पक्राउ

  • भदौ १९, २०७७
  • ११५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ भदौ - सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र पहरीको बाेडर चेक पोस्टले गोपिय सूचनाको अधारमा ठुलो परिमाणको लागु औषध बरामत गरेको छ । भारत बाट लुकि छिपि ल्याउदै गरेको अबैध समान सहित तिन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । पछीलो समय आभेनगर पहरीले कपडा लगायतका लागु औषध सहित बरामत गरेका थिए । उक्त चेक पोस्टले सिमा नाकामा चेक जांचमा कडाई गर्दा निरन्तर अबैध समानहरु पक्राउ गर्न थालेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगर पालिका वडा नम्बर ५ का २२ वर्षिय कुमार कान्छा महतो र सोही ठाँउ बस्ने २१ वर्षिय मोहम्मद जिवल सेख र भगवानपुर गाउँ पालिका वडा नम्बर ५ बस्ने ५० वर्षिय सोहित मण्डल लाई लागु औषध सहित सशस्त्र प्रहरीका सैई दसैं मण्डको टोलिले पक्राउ गरेका छन् ।पक्राउ गरेका संमानहरुमा नाईटोजन टयाबलेट ३० पता - ४५० पिस, प्रोभेटाजेल २० भाईल ,लाईबेटि २०भाईल , डाईजोल्याप २० पिस , डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल लागु औषध बरामत गरेको हो । बरामत गरेको संमान नेपाल प्रहरीलाई बुझाएको बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिनु भयो । पक्राउ गरेका ३ तिनै जना लाई आवश्यक कानुन बमोजिम लागु औषध ओसापोसार अन्तर्गत कार्बाहि गर्ने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१