ताजा समाचार

- स्वराज आन्दोलनका प्रथ सहिद राम मनोहर यादवको श्रद्धाञ्जली मधेसको जिल्लाहरुमा भबिय रूपमा मनायो

  • भदौ १६, २०७७
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ भदौ - डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सिरहाको लहान लगायत मधेसका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जनमत पार्टीका वरिष्ठ नेतृत्व मंण्डलका केन्द्रिय सदस्य तथा लहान नगर ईन्चार्ज तथा मधेस र मधेसी हकहितको लागी आवाज उठाउने प्रभाव शालि नेता बिष्णु चौधरीको नेतृत्वमा लहानमा बिर सहिद राम मनोहर यादवको तस्बिरमा फुल ,माला अर्पण गरी,अबिरको टिका लगाई श्रद्धाञ्जली मनाएका छन् । लहानमा सयौं स्वराजी नेताहरुको सहभागीता रहेको नेता राम पृत महतोले जानकारी दिनु भयो । सिरहाको मुख्य मुख्य सहरहरुमा जस्तै लहान गोलबजार , चोहर्वा , मिर्चैया , सिरहा नगरपालिका , नबराजपुर गाउँ पालिका , बरयार्पटि गाउँ पालिका , हकपरा , अर्नमा गाउँ पालिकाको बनठियामा समेत मनाएको नेतृ कविता सिंहले जानकारी दिनु भयो । कार्यक्रममा विद्यार्थी नेता पोषण यादव , राम शंकर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । राम मनोहर यादव को जन्म २०४५ सालमा बाके जिल्लाको जांनकी गाउँ पालिकाका कपासि गाउँमा भएका थिए । २०७५ भदौ ८ गते बर्दिया जिल्लाबाट प्रहरी द्धारा गृर्फतार गरेर हिरासतमा राखेर हिरासत भित्रै बिभत्य हत्या भएको थियोे । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठ बंन्धन २०६९ सालमा देश ब्यापी रूपमा गठन भएको थियो । नेता राम मनोहर यादव २०७० सालमा स्वतन्त्र मधेस गठ बंन्धनमा आबद्ध भई बांके जिल्लाका जिल्ला इन्चार्ज समेत समाल्दै आएका थिए ।सहिद यादवको ३ छोरा छोरी छन् । गैर आवासीय मधेशी संघ द्वारा अमेरीका, कतार, यूएई, सऊदी अरबिया, मलेशिया र इंडिया लगायत संसार भरि श्रद्धाञ्जली सभा गरेको छ। प्रत्येक बर्ष भदौ १५ गते दिन प्रहरी हिरासतमा मारिएका मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्लाहरुमा श्रद्धाञ्जली सभा मनाउदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤