आठ महिना अगाडि सिरहाबाट चोरी भएको मोटरसाईकल सप्तरीमा बरामत : प्रहरीले दिन मानेन्न पीडितको आरोप

सिरहाको धनगढीमाई बाट हराएको मोटरसाईकल सप्तरीको कंन्चपुरमा प्रहरी द्धारा बरामत

  • भदौ १५, २०७७
  • १३५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ भदौ - सिरहाको धनगढीमाई नगर पालिका वडा नम्बर १ बस्ने खेम लाल सहनीको मोटर साईकल आठ महिना अगाडि चोरी भएको छ। धनगढीमाई नगरपालिका ११ छ्परारी बजारमा कोठाभाडा लिई ईलेकटोलनिक्स पसल गरेर बस्दै आएका खेम लाल सहनीको एम्हा कम्पनीको स. ६ प ६८१२ नम्बरको १२५ cc को साईलुटाे मोटरसाईकल पसलको बरण्डाबाट २०७६- फल्गुण ११गते करिब १२ बजे राती चोरी भएको थियो । मोटरसाईकल चोरी भए लगत्तै ईलाका प्रहरी कार्यालय धनगढीमाईलाई फोन मार्फद प्रहरीलाई जानकारी गराएका थिए । फोन लगत्तै प्रहरीले घटना स्थल पुगेका थिए। चोरी भएको भोलिपल्ट सोही प्रहरी कार्यालयमा पीडित सहनीले मोटरसाईकल हराएको लिखित निवेदन दर्ता गरएका थिए । ईलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीलाई २०७६-१२ - ०५ गते विषय जानकारी गराएको शिर्षकमा प्रहरी नायब निरीक्षक प्रहरी अधिकृत उमाशंकर सिंहले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ०७६/०७७ भएको पत्र ईलाका प्रहरी कार्यालय लहानलाई बुझाउदा लहान प्रहरीले कन्चनपुर प्रहरी लाई सञ्चार गरेका हुन। चोरले चडेर आएको मोटरसाईकल बजाज कम्पनीको स.६ प.२६२८ नम्बरको १२५ ccको डिस्कोभर मोटरसाईकल छाडि सहनीको नयाँ मोटरसाईकल लिए भागेका हुन् । भागेको २८ दिन पछाडि कन्चनपुर प्रहरीले चेक जाचको क्रममा मोटसाईकल सहित चोर प्रहरीले पक्राउ गरेका थिए । मोटरसाईकल र चोर कन्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन। मोटरसाईकल चोर्ने ब्यक्ती सप्तरी जिल्लाको कन्चनरुप नगर पालिका वडा नम्बर १२ बस्ने जमिल मलगंको २४ वर्षिय मोहम्मद सल्ला उदिन र उनको आफनै सोहोदर दाजु २७ वर्षिय मोहम्मद रसुदिन भन्ने नसुदिन अली रहेको हो । चोरलाई एक हप्ता थुनुवामा राखी जमान्त र धरौटीमा छाडेको पीडित सहनीले आरोपलगाएका छन । मोटरसाईकल लिनलाई पटक- पटक ईलाका प्रहरी कार्यालय कन्चन्पुरमा गुहारे पनि प्रहरीले दिन न मानेको सहनीले प्रहरीलाई आरोप लगाएका छन्। कन्चनपुर प्रहरीको भनाई एक चोटि गाडीधनि गाडी लिन आएको थियो तर मैले वहाँलाई मोटरसाईकल हराउदा प्रहरी कार्यालयमा हालेको मुद्दा उठाई हाल्नु अनि गाडी लिएर जानु भने गाडी धनी सहनीलाई भनेको थिए । पत्रकार महेश सिंहले प्रहरी कार्यालय कन्चनपुरमा मुद्दा साखामा काम गर्ने प्रहरी संग फोनमा कुरा गर्दा उनले भने गाडीको कागज पत्र सबैलिए पठाई दिनु हामीले माथिल्लो निकाय संग कुरा गर्दै छु बताए ।

प्रतिक्रिया दिनुहोस

जिल्ला स्तरीय समाचके ...

सप्तरी जिल्लाको नेगडा मा. बि. मा जिल्ला स्तरीय समा चकेवा महत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा समाचक ...

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१