ताजा समाचार

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय रामको गयो ज्यान

  • भदौ ११, २०७७
  • १०३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रावण / ११ गते, प्रहरी हिरासतमा दिएको यातनाका कारण एक युवकको ज्यान गएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय रामको ज्यान गएको हो ।गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले किड्नीमा समस्या रहेकोले रामलाई थप उपचारको लागि वीरगञ्ज पठाएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताएका छन् । प्रहरी प्रशासन कै कारणले हत्या भएकोले डि.एस.पि.ज्ञानकुमार महताेलाई निलम्बन गर्न सरकार समक्ष माग गरेकाे र दलित युवालाई सहिद घाेषणा समेत गर्न माग दलित जागरण केन्द्र नेपालका सचिव संजय महराले गरेकाे छ । महराका अनुसार मधेसी दलितलाई दिनदिनै राज्य द्वारानै यसरी यातना दिएर हत्या हुनु निन्दनीय र खेदजनक छ । तमाम दलितहरू न्याय का लागि संघर्षमा उत्रन अाग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤