दलित युवाको प्रहरि यातनाकै कारणले मृत्यू

  • भदौ ११, २०७७
  • ८२४ पटक पढिएको
  • संजय महरा
alt

भाद्र  र ११ गते, प्रहरी हिरासतमा दिएको यातनाका कारण एक युवकको ज्यान गएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय रामको ज्यान गएको हो ।
गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले किड्नीमा समस्या रहेकोले रामलाई थप उपचारको लागि वीरगञ्ज पठाएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताएका छन् ।
प्रहरी प्रशासन कै कारणले हत्या भएकोले डि।एस।पि।ज्ञानकुमार महतोलाई निलम्बन गर्न सरकार समक्ष माग गरेको र दलित युवालाई सहिद घोषणा समेत गर्न माग दलित जागरण केन्द्र नेपालका सचिव संजय महराले गरेको छ । महराका अनुसार मधेसी दलितलाई दिनदिनै राज्य द्वारानै यसरी यातना दिएर हत्या हुनु निन्दनीय र खेदजनक छ । तमाम दलितहरू न्याय का लागि संघर्षमा उत्रन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१