दलित युवाको प्रहरि यातनाकै कारणले मृत्यू

  • भदौ ११, २०७७
  • ८३७ पटक पढिएको
  • संजय महरा
alt

भाद्र  र ११ गते, प्रहरी हिरासतमा दिएको यातनाका कारण एक युवकको ज्यान गएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय रामको ज्यान गएको हो ।
गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले किड्नीमा समस्या रहेकोले रामलाई थप उपचारको लागि वीरगञ्ज पठाएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताएका छन् ।
प्रहरी प्रशासन कै कारणले हत्या भएकोले डि।एस।पि।ज्ञानकुमार महतोलाई निलम्बन गर्न सरकार समक्ष माग गरेको र दलित युवालाई सहिद घोषणा समेत गर्न माग दलित जागरण केन्द्र नेपालका सचिव संजय महराले गरेको छ । महराका अनुसार मधेसी दलितलाई दिनदिनै राज्य द्वारानै यसरी यातना दिएर हत्या हुनु निन्दनीय र खेदजनक छ । तमाम दलितहरू न्याय का लागि संघर्षमा उत्रन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

दोस्रो सुरुङा राष्ट् ...

ओम प्रकाश  यादव लहान , फागुन ५ । महिला तथा बालबालिका सशक्तीकरणलाई मूल नारा बनाउँदै दोस्रो सुरुङ ...

सुरुङा न.पा.मा नवनिर ...

लहान फाल्गुण ४। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समु ...

उखु खेतीमा आगलागी, म ...

लहान, फागुन ४ । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठूलो क्षति पु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१