ताजा समाचार

दलितयुवाकाे हत्यारा गैरदलित लाई खुल्लमखुल्ला रुपमा बचाउदै डि. एस .पि . ज्ञानकुमार महताेले दलितहरुलाई फसाउदै ...

  • भदौ ९, २०७७
  • १६७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा/श्रावण ८ गते, रौतहटको निरन्जन रामको हत्यामा संलग्न भएको आरोपमा विजय रामलाई प्रहरीले पक्राउ गरेको छ र निरन्जनको सम्पुर्ण घटना विजयले गरेको भनि जबरजस्ती कबुलनामा गराउनका लागि प्रहरीले बल जबरजस्ती प्रहरी हिरासत भित्र कुटपिट गरेको कारणले उहा विरगन्ज मेडिकल कलेजमा प्रहरीले भर्ना गराएको छ । घटनामा दोषी ठहरिएका मृतक निरन्जन काण्डको मुख्य हत्याराहरुलाई बचाउनका लागि यसरी विजय रामलाई कुटपिट गरिरहेको प्रहरीले गरेकाे छ । यसरी गैरदलितद्धारा हत्या गरि दलित समुदायका युवाहरुलाई घटनाको जिम्मेवारी लिन प्रहरीले बल प्रयोग गर्न पाईदैन ।हत्यामा जो सुकैसंलग्न होस कारवाही हुनुपर्छ तर निदोर्षलाई जबरजस्ती फसाउन पाईदैन । यो केशलाई रौतहट प्रहरीले पैसाको लोभमा तोडमोड गरि मुख्य योजनाकार , मुख्य हत्यारा गैरदलित अपराधीहरुलाई बचाउन खोजिरहेको छ । विजय रामको हालत गम्भिर रहेको छ । नेपाल प्रहरीले विजय रामलाई अत्याधिक कुटपिट गरेको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन । यसर नेपाल प्रहरीले जातकै आधारमा विभेदगर्न मिल्दैन र जबरजस्ती अपराधि बनाउन पाउदैन । रौतहट प्रहरी पनि घटनामा संलग्न भएको हामीलाई अशकां लागेको छ अब ..हामी यस्ता कार्यको घोर विरोध गर्दछौ । नेपाल प्रहरी मुर्दाबाद .. अपराधीलाई कारवाहीकाे माग गर्दछौं । संजय महरा दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहा का सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤