Siraha Times
ताजा समाचार

औरहिमा कोरोना र डेङगु रोग बाट बच्चन सुपानेट झुल र सेनिटाईजर वितरण

  • भदौ ६, २०७७
  • १८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ भदौ । बिश्व माहामारीको रुमा फैलिएको कोरोना भाईरसको प्रभाव नेपाल पनि तिब्र गतिमा फैलिरहेको छ । उक्त भाईरस सहरीकरण हुदै ग्रामिण समुदायमा फैलिएकोले नेपाली जनतामा त्रास उत्पदन भएको सिरहाको औरही गाउँपालिकाका एक जना स्थानीयले बताए । भाईरसको माहामारीले गरिब, बिपन्न परिवारलाई रोग भन्दा पनि भोख मरि निम्त्याउने गरेका छन्। कोरोना भाईरसबाट प्रभावित दलित ,बिपन परिवार सबभन्दा बढी प्रभावित भएको औरहि गाउँ पालिकाका अध्यक्ष शिदार्थ यादवले बताउनु भयो । सिरहाको औंरहि गाउँ पालिकामा सुपानेट झुल र सेनिटाईजर वितरण गरीएको छ।औंरहि गाउँ पालिका अन्तर्गत ५ वटा वडा रहेको भए पनि सम्पुर्ण वडामा झुल र सेनिटाईजर वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष दिलिप कुमार यादवले बताए । उक्त गाउँ पालिकामा जम्मा ६ हजार ५ सय ५० घरधुरी रहेको गाउँ पालिकाका निमित्त प्रमुख प्रसास्किय अधिकृत लक्ष्मण साहले बताए ।

वितरण गरेको सामग्रीमा साधारण झुल १ थान, सुपानेट झुल १ थान र सेनिटाईजर १ थान गरी वितरण गरेको हो । झुल वितरण गर्दै वडा ५ का वडा अध्यक्ष यादवले भने अहिले कोरोना महामारीको चपेटामा हामी छौँ । यसको लागी केही दिन अगाडी राहतका सामाग्री वितरण गरेका थिए , अब लामखुटटेको टेकाईबाट लागने रोगबाट बच्न यो झुल वितरण गरीएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उक्त सामग्री प्रति घरपरिवार ८ सय २६ रुपैया मुल्य बराबरको हाराहारीमा पर्ने झुल ५३ लाख ७९ हजारको खरीद गरीएको गाउँ पालिका का निमित्त प्रमुख प्रसास्किय अधिकृत लक्ष्मण शाह ले जानकारीदिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१