राज्यमन्त्री मण्डलद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • भदौ ३, २०७७
  • १७८५ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷भाद्र ३ गते, सिरहा जिल्लाका कल्याणपुर नगरपालिकाका तिनवटा वडामा बृक्षारोपण कार्यक्रम सम्मपन्न भएको हो । बृक्षारोपण कार्यक्रमको उदघाटन प्रमुख अतिथिको रुपमा रहेको प्रदेश नम्बर २ दूईका सिरहा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद तथा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री सुरेश मण्डले गरेको छ । नेपालमा पाईने विभिन्न प्रजातिका बृक्षारोपण गरिएको छ ।
बृक्षारोपण कार्यक्रम कल्याणपुर नगरपालिकाको वडा नम्बर १ को संचिरैया,वडा नम्बर १० को बङ्गठिया र वडा नम्बर ११ को ईलाका प्रहरिकार्यालय प्राङ्गणमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री मण्डलले मानिसहरुले आफुले स्वच्छ वातावरणमा जिवन जिउनकोलागि प्रत्येकको घर घरमा बृक्षारोपण गर्नुपर्ने बताउनु भएको छ ।
बृक्षारोपण कार्यक्रममा जनता समाजवादी पार्टीका कल्याणपुर नगरका अध्यक्ष रामबावु यादब, कल्याणपुर नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष जयराम कामति, कल्याणपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अशोक मण्डल र समाजिक अभियन्ता धिरज मण्डल र मन्नु मण्डलको समेत सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१