ताजा समाचार

लोकतन्त्रमा पनि बिपन्नवर्ग दलितको पीडा उस्तै : अध्यक्ष लोहनी

  • साउन ३२, २०७७
  • १०९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ३२ , साउन । जनताले संघिय लोकतन्त्र प्राप्त गरेको दशकौं बिति सक्दा पनि देशमा अराजकता र जातिय बिभेद कायमै रहेको मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्था अप्सन नेपालले जनाएको छ । सो संस्थाका अध्यक्ष भोलाप्रसाद लोहनीले आज प्रेस विज्ञप्ति जारि गर्दै यस्तो लेखेको छ । संघिय लोकतन्त्रमा जनताले राहतको अनुभुति प्राप्त गर्ने बेलामा नेता मोटाऊदै गएको छ र देशका नागरिकहरु गरीबी , भोकमरी , भ्रष्टाचार , बलत्कार , हत्या /हिंसाको चपेटामा पर्दै गएकाछन् भने प्रतिशोधको जालोमा अपहरण जस्ता घटनाहरुको भूमरीमा सोझा र निमुखा जनताहरु फसिरहेका छन् । यो देशकै दुर्भाग्य हो । सरकारको गैरजिम्मेबारपनले गर्दा सबै खाले बिभेदमा परेका (कथित )दलितहरु दिनानुदिन कोरोनाको महामारी भन्दा खतरा जातिय बिभेदको सिकार भईरहेको अबस्था नकार्न मिल्दैन । सरकार सबै बर्गका जनताका लागि सांझा ( समान ) हुनु पर्छ । कुनै एऊटा बर्ग र तह तप्काका मानिसका लागि सरकार पेवा बन्नु हुदैन् । जनताको संघर्ष र शहिदको बलिदानले ल्याएको लोकतन्त्रको अनुभुति जनतालाई महशुस गराउने बेलामा निजी स्वार्थ भन्दा माथि उठ्न नसकेका केही नेताहरुको रजाईको प्राकाष्ठाले गर्दा देश र जनताको भबिष्य खतराको भेलसंगै बगाऊँदै लगिएको छ ।

 

२१ औं शदाब्दिमा पनि जातिय बिभेदले प्राकाष्ठा नाघ्नु यो आफैमा लज्जास्पद कुरा हो । जातिय बिभेद देशकै लागि कलंक हो । देश बिकास र सम्रिधिको शत्रु हो । देश कोरोना महामारीको बेलामा ( कथित ) दलित बर्गका मानिसहरुले जातिय बिभेदको दलदलमा झन झन जाकिदै जानु र राज्यबाट नै सौताको दूरब्यबहार तिनीहरुले खेप्नु पर्ने यो खेद जनक मात्रै होइन यो भ्रतसना गर्ने योग्यको छ । स्थानिय स्तरको कोरेन्टिनको बसाईमा ( कथित) दलितको कहीं हत्या भएको छ भने कहीं बलत्कारको सिकार भएको छ। सरकारले यस्तो चरम गैर जिम्मेवारपनलाई तत्काल रोक्नु पर्छ र जनतामा न्याय र बिधिको शासनको अनुभुति दिलाउन सरकार जिम्मेबार हुनु पर्छ ।

मानवमा मानवता रहेन भने मानिस दानब बन सक्छ । मानव मानव बिच बिभेदको खाडल पुर्न मानवताले नै मानिसको पीडा महशुस गर्न सहज हुने भएकाले जिम्मेबार पक्षको ध्यान त्यतातिर जान पनि जरुरी छ । देशमा मानवअधिकार कुपोषणले ग्रस्त छ । केही मानव अधिकारकर्मीहरु जातियताको बाटोलाई अंगालेको अबस्था छ । मानव अधिकार अभियन्ताहरु आफ्नो स्वार्थ र अहमतालाई त्यागेर सबैको सांझा हुन जरुरी छ । देशमा न्याय सुतेको छ , जनता गरीबी , भोकमरी र भ्रष्टाचारको पीडामा छन् । जनतालाई सद्दभाव र न्यायको खांचो छ । देशमा अराजकताले प्राकाष्ठा नै नाघेको अबस्थामा ( कथित) दलित बर्गका मानिसहरुको मानव अधिकार , नागरिक अधिकारको अबस्था झन झन शुन्यतातिर झर्दै गरेको सर्बबिदितै छ । त्यतातिर सरकार र सरोकारवालाको ध्यान जान जरुरी छ।

अत: संबिधानमा सम्बोधन भएका सबै किसिमका मानवअधिकार , नागरिक हक अधिकार र नैसर्गिक हक अधिकार (कथित) दलितबर्गका मानिसहरुलाई प्रत्याभुति दिलाऊन अप्सन नेपाल - ON [मानव अधिकार संस्था] ले सरकारसंग जोडदार माग गर्दछु ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤