ताजा समाचार

मिडियाको लागि बिनियोजन गरेको रकममा विभेद : अध्यक्ष साह

  • साउन ३२, २०७७
  • ११२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदेश १ सरकारले पीडित पत्रकार तथा संचार गृहलाई सहयोग स्वरुप विनियोजन गरेको ५० लाख रकम वितरणप्रति एक संचार गृहले असन्तुष्टी व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश एक समिति मार्फत् सबै संचार गृहको पहिचान प्रकृति हेरी रकम वितरण गर्न दिईएकोमा उक्त रकम वितरणमा विभेद भएको हिपमत मिडिया हाउस, विराटनगरका अध्यक्ष वीरेन्द्र कुमार साहले बताए । “हाम्रो संचार गृहमा विज्ञापन समेत प्रकाशन गरियो र प्रकाशन गरेदेखि हालसम्म पनि हाम्रो न्युज साइडमा अहिलेसम्म रहेको जानकारी गराउन चाहन्छु । तर हामीलाई किन अपहेलना र बेवास्ता गरियो ?” साहले पत्रकार महासंघ समक्ष प्रश्न गरे । “हामीभन्दा पछि दर्ता भएको अधिकांश संचार गृहले सहयोग रकम प्राप्त गरे हामीले किन पाएनौँ के हाम्रो दल मिलेन ? के हाम्रो जात मिलेन वा बिचार मिलेन कि मैले तपाईहरुले सोचे जति चाकडी गर्न सकिन स्पष्ट रुपमा तपाईहरुबाट मेरो प्रश्नको उत्तर चाहन्छु ।’ साहले फेसबुक मार्फत् खुल्ला पत्र लेख्दै रोष प्रकट गरेका छन् । “आज मेरो पानामा प्रश्नहरुको ज्वालामुखी दन्किरहेको छ । झन् युवाहरुलाई प्रोत्साहन गर्नु पर्नेमा हाम्रो अग्रज पत्रकार नेताहरुबाट नै हामीलाई बेवास्ता भयो जसले हाम्रो मनोवल घटेको छ । आशा छ आगामी दिनहरुमा यस्तो हुदैन ।” अध्यक्ष साहले भविष्यमा यस्तो नहोस् भनी आग्रह समेत गरे । सरकारले श्रमजिवी पीडित पत्रकारहरूलाई सहयोग गर्न विनियोजन गरेको रकममा यसरी निश्चित दायराका, वर्गका वा समूहका पत्रकारलाई मात्र सहयोग र सहायता गर्ने कमसल काम भएको हो भने यस्तो मनसायबाट प्रेरित भएर एउटा जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरू गरेको काम निन्दनीय हुन्छ । एउटा आधिकारिक संस्थाको आधिकारिक पदमा आशिन व्यक्तिले आफ्नो खुल्ला पत्रमा नाम नै तोकेर गरिएको गरिएको पश्नको जवाफ आउन भने बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤