ताजा समाचार

समाजिक अभियान्ता मनु मण्डल द्धारा बोटविरुवा वितरण तथा वृक्षारोपण

  • साउन ३२, २०७७
  • १०२९ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷ सिरहा जिल्लाका कल्याणपुर नगरपालिका वडा नम्बर १ मा बस्ने समाजिक अभियन्ता मनु मण्डलले केहिदेखी बृक्षा रोपण अभियानमा लागिरहेको छ । नेपालमा जल वायुपरिवर्तन र गाँउ गाँउमा स्वच्छ वातावरण को लािग दिनअहोरात लागीपरेर वृक्षा रोपण गरिरहको छ । अभियन्ता मण्डल ले समाजमा पनि बोटविरुवाको महत्व बुझाउनमा आजकाल अभियानमा लागिरहेको छ । कोरोना महामारिको वेला पनि यो अभियानलाई निरन्तरता दिईरहको बताएका छन । बोटविरुवा ले मानिस जातिको हितका लागि अति आवश्यकता रहेकोले घर घरमा गएर बोट विरुवा रोप्न मानिसहरुलाई उत्साहित गरिरहेको छ ।
अभियन्ता मण्डलले आफुपनि यसकार्यमा लागि रहेको र कोरोना बाट बच्न र सुरक्षित रहनका लागि जनचेतना समेत गाउ गाउमा गएर बुझाउदै गरको छ । अभिन्ता मण्डलसँगै युवाहरुलाई वृक्षा रोपण कार्यमा लगाउदै छ । युवाहरु र्फुुसदको समयमा लागुऔषधमा लाग्नुभन्दा समाजको हितमा लाग्न प्रोत्साहित गर्ने गरेको छ । अभियन्ता मण्डलले किसानहरुको घर घरमा गएर रुखको महत्व वुझाउदै रुखपनि प्रत्येकको घरमा गएर विभिन्न प्रजातिका विरुवासमेत वितरण गरेको हो । किसानहरुलाई रुख रोपेपछि समयमा पानि पर्छ र खेतिपाति गर्न सजिलोहुने, वातावरण स्वच्छ हुने , बाढिपहिरोबाट बच्न सक्ने उपाय जस्ता जनचेतना फैलाई रहेको छ ।
अभियन्ता मण्डलले जन्म दिनको अवसरमा केक काटनुभन्दा बृक्षारोपण गर्नुपर्ने धारणामा हुन्छ । त्यसैले आफनो जन्म दिनको उपलक्ष्यमा बृक्षारोपण गरेर आफुले जन्म दिन मनाएको समेत बताएका छन । सवैलाई वृक्षारोपण गरेर जन्मदिनमनाउन समेत सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤