Siraha Times
ताजा समाचार

दलित संस्थाद्धारा हरवा चरवा परिवारलाई राहत वितरण

  • साउन ३२, २०७७
  • ८८८ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ श्रावण ३२ गते, दलित विकास मञ्च सिरहाले सिरहाको लहान गरपालिका वडा नम्बर १३,१४,१५ र २३ मा अति विपन्न र हरवा चरवा परिवारलाई खाधान्न सामग्री वितरण गरिएको हो । द फ्रिडम फण्डको आर्थिक सहयोगमा विगत गर्षदेखी हरवा चरवा शसक्तिकरण कार्यक्रम संचालन गरिरहेको छ ।
नेपालमा चैत्र ११ गतेबाट लकडाउन रहेको छ । स्थानिय सरकारले शुरुमा नै राहत वितरण गरिएको थियो । त्यसले हामी हरवा चरवा समुदायलाई गुजारा धान्न गाह्रो भईरहेको वेला दलित विकास मञ्च सिरहाको राहतले केहि दिन हात मुख जोडन सक्ने जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका कोषाध्यक्ष गिता देवी सदो वताउनु भयो । पाँच महिनाहुदैछ लकडाउनको यस अवस्थामा हाम्रो दैनिकिरुपमा गरिने ज्यलादारि र रोजगारि समेत गुमेको छ ।
अन्तराष्ट्रीय श्रमसंगठनका तथ्याङ्क अनुसार सिरहा जिल्लामा १८ हजार १ सय ६० घर परिवार हरवा चरवा रहेको छ । दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजकको अनुसार हरवा चरवाका वचत तथा ऋण समुहका सदस्यहरुलाई दोश्रो चरणको १ सय ५० घरपरिवारलाई खाधान्न राहतस्वरुप वितरण गरिएको बताउनु भयो । राहत वितरण कार्यक्रममा दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराको समेत उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१