कल्याणपुर न.पा. का मेयर सूयर्नाथ मण्डल पदबाट निलम्बन

  • साउन २८, २०७७
  • ५९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलउपर बिगो रु. ५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकले Detailed Project Report (DPR) गर्ने कार्य सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी उक्त रकम निजले आफ्नो छोरालाई लिन पठाएको छ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले निजको छोरा सन्त कुमार मण्डललाई रु.५,००,०००/-(पाँच लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलले मिलेमतो गरी Detailed Project Report (DPR) निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीको लागि काटिएको विभिन्न चेकसमेत नदिई चेक दिन घुस कमिशन माग गरी सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानीको चेक नियन्त्रणमा राखी दु:ख हैरानी दिई रु.५,००,०००/- घुस कमिशन माग गरी नगर प्रमुख सुर्यनाथ मण्डल धानुकले उक्त घुस/रिसवत रकम लिन छोरा सन्त कुमार मण्डललाई पठाई रु. ५,००,०००/- घुस/रिसवत लिएपश्चात नियन्त्रणमा लिई राखेको चेक दिएको र उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्तभै हालसम्म पनि भुक्तानी पाउन नसकेको समेतको अवस्थाबाट कल्याणपुर नगरपालिका सिरहाको नगर प्रमुख सूर्यनाथ मण्डल धानुकले घुस माग गरी निजको छोरा सन्त कुमार मण्डलले उक्त रकम बुझिलिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज सुर्यनाथ मण्डल धानुकले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज नगर प्रमुख (मेयर) सूर्यनाथ मण्डल धानुकलाई बिगो रु.५,००,०००/- (पाँच लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी लिइएको छ । त्यसैगरी कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकको निर्देशनअनुसार निजले भनेबमोजिम निजसँग मिलेमतो गरी निजको छोरा सन्त कुमार मण्डलले सेवाग्राहीसँग घुस/रिसवतको बार्गेनिङ गरी बुबा सूर्यनाथ मण्डल धानुक तथा आफूलाई समेत लाभ हुने गरी घुस/रिसवत रकम रु.५,००,०००/- लिन मन्जुर गरी उक्त घुस/रिसवत रकम लिएको पुष्टि हुन आएको हुँदा निज सन्त कुमार मण्डलले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज सन्त कुमार मण्डललाई सोही दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम घुस लिएको रु.५,००,०००/- (पाँच लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जिल्ला स्तरीय समाचके ...

सप्तरी जिल्लाको नेगडा मा. बि. मा जिल्ला स्तरीय समा चकेवा महत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा समाचक ...

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१