कोरोना रोकथामको नाममा गरेको खर्च विवरण सार्वजनिक गर्न समजसेवी चैधरीद्वारा निवेदन दर्ता

  • साउन २८, २०७७
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८ , साउन । कोरोना नियन्त्रण रोकथाम र उपचारमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक गरेको खर्च पुर्ण रुपमा पारदर्शी नभएको भन्दै पारदर्शीको माग गरिएको छ । नेपाली कांग्रेसका राज्य ब्यवस्था समितिका केन्द्रिय सदस्य एबम् समाजसेबी महेश चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम भुसाल समक्ष पारदर्शीको माग राख्दै बुधबार निबेदन बुझाएको हो । नगरपालिकाले सार्बजनिक गरेको प्रतिबेदन अपुरो भएको नगरबासीको ब्यापक जन गुनासो आएपछि समाजसेबी चौधरीले नगरपालिकाका सुचना अधिकारी समक्ष सुचनाको हक प्रयोग गरी बिधिबत रुपमा आज निबेदन दर्ता गराएको छ । कोरोना नियन्त्रणको नाममा लहान नगरपालिकाले १ करोड ९८ लाख ४ हजार ७८ रुपौया खर्च बिबरण सार्बजनिक गरेको थियो । महामारीको बेला स्थानीय तहहरुमा अनियमितता भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला समन्वय समिति सिरहा लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले सिरहाका १७ स्थानीय तहलाई खर्च विवरण सार्वजनिक गर्न भनेको थियो । सोही अनुरुप लहान नगरपालिकाले ४ वटा शिर्षककमा एकमुस्ट रुपमा खर्च बिबरण सार्बजनिक गरेकोले केहि नबुझने गरी अनियमित ढंगले सो बिबरण सार्बजनिक भएको स्थानिय नगरबासीहरुले गुनासो गर्दै आईरहेको छ । लहान नगरपालिकाले सार्बजनिकिकरण गरेको खर्च बिबरणमा , ‘ कोभिड १९ रोकथाम नियन्त्रणमा ३६ लाख ५७ हजार २ सय ४५ रुपैया, क्वारेन्टाइन व्यवस्थापनमा ४ लाख ८५ हजार ५७ रुपैया, राहत वितरण १ करोड ५३ लाख ५ हजार ७ सय ७६ रुपैया र कर्मचारी भत्तामा ३ लाख ५६ हजार एकमुष्ट रुपमा उल्लेख गरिएको छ । ’

राहतका लागि खरिद गरिएको चामल, दाल, नुन, तेल, साबुन , सेनिटाईजर लगायतको सामग्री खरिद गरेको मुल्य सुचि समेत सार्वजनिक गर्न माग गरिएको समाजसेबी महेश चौधरीले बताए । महामारीको बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावली सहित प्रकाशित गर्न, ईन्धन खर्च, क्वारेन्टाइन ब्यवस्थापनमा खरिद गरिएको सामग्रीहरुको खरिद मुल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मुल्य सहित सार्वजनिक गर्नुपर्ने निबेदनमा उल्लेख छ । यता लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधृकृतले खेम भुसालले भने ‘ म हप्ता दिन भित्र नगरपालिकाको वेबसाईटमा खर्च बिबरण सार्बजनिक गर्नेछु ।’ नगरपालिकामा माथिबाट खर्च बिबरण सार्बजनिक गर्न परिपत्र आईसकेकोले छिटै सार्बजनिक गर्छु उनले प्रतिबद्धता जनाए । ’

स्थानीय तहहरुले गरेको खर्च विवरण संक्षिप्तमा सार्वजनिकी करण गरेपछि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले व्यापक भ्रष्टाचार गरेको आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१