ताजा समाचार

सिरहाको दोहटीयामा ६ जनालाई ब्राउनसुगर लागु औषध सहित पक्राउ

  • साउन २६, २०७७
  • १६०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह, लहान २६ साउन‌‌‌‌‌।सिरहाको दोहटीया ६ मा आफ्नै घरमा अवैध लागूऔषध ब्राउनसुगर बिक्री वितरण गर्नको लागि लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलिले गोलबजार नगरपालिका वडा नम्बर ६ का २८ बर्षीय पाण्डव गुप्ताले आफ्नै घरको कोठामा बिक्री वितरण गर्नको लागि लुकाई छिपाई राखिएको अबैध लागु औषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

लागु औषध कारोबारमा पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ६ का २८ वर्षीय पाण्डव गुप्ता,२२ वर्षीय सुरज परियार,२० वर्षीय रोशन लामा , गोलबजार नगरपालिका ४ का २० वर्षीय सैफली खान ,गोलबजार नगरपालिका ५ का १९ वर्षीय विवेक श्रेष्ठ र गोलबजार नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय शिरिलमहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

पाण्डव सिहित उनीहरूको साथबाट सानो सानो सेतो प्लास्टीकको पोकामा ५ थान कालो प्लास्टिकको ठूलो पोका एक थान सपै तौल गर्दा १ ग्राम ४०० मिलीग्राम र प्लास्टिक हटाएर पुन तौल गर्दा १ ग्राम २०० मिलिग्राम अबैध लागु औषध सहित बरामद गरेको डिएसपी घिमिरेले बताए। पक्राउ परेम‌ा घर धनी‌‌‌ सहित ६ ‌‌‌‌‌‌‌‌‌जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी उनीहरूको पथ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤