ताजा समाचार

भारतकाे बिहारकै शैलिमा मधेसी दलित समुदाय माथि विभेद र हत्या ,हिंसा भईरहेकाे छ

  • साउन २५, २०७७
  • १६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनदनै बढिरहेको छ तर प्रदेश नम्बर २ का सरकार, संघियसरकार र स्थानीय सरकार तथा सराेकारबाला सिनेमा हेरेजस्तै अान्नद लिईरहेकाे छ । २०५६ सालकाे चमार(सिनाे बहिष्कार) अान्दोलन सिरहाबाटै भएको अवगत गराउछाै त्यसैले छिटै मधेेश अान्दोलन काे उदगम विन्दु सिरहाबाटै मधेसी दलित अान्दोलन हुने छ । मधेसी दलितकाे अान्दोलन अब मधेस अान्दोलन भन्दा भिन्न र फरक तवरले हुन्छ । प्रदेश नम्बर एक, दुई र प्रदेश नम्बर पाँच मा मधेसी दलितमाथि बलात्कार, हत्या हिंसाकाे हर्ट स्पाेर्ट सेन्टर बनेको हाे । प्रदेश नम्बर एककाे माेरङ जिल्लामा राज्य द्वारा पछाडि पारिएकाे मधेसी दलित भित्र मा पनि मुस्हर जातीय का समुदाय लाई संघातिक हमला गरि कुटपिट , प्रदेश नम्बर पाँच काे नवलपरासी अङगिरा पासिलाई बलात्कार गरि हत्या गरिएकाे हाे । त्यसै गरि प्रदेश नम्बर दुई मा शम्भु सदाकाे हत्या लगायत ६ जना दलितकाे एक महिनामा हत्या र कुटपिट र जातीय विभेद भएको छ तर कुनै पनि राजनैतिक दल र पुलिस प्रशासन ले न्याय काे लागि अग्रसरता देखाएका छैनन । किन भने जनावर जस्तै भारत मा दलितलाई गरिने व्यवहार नेपालकाे मधेशमा हुने गरेकाे छ । मधेसी दलित अान्दोलनमा नागरिक समाज, संचारकर्मि, र दलित शुभचिन्तक र दलित अगुवाहरू काे सहयाेग अावश्यक रहने छ । संजय महरा- दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाका सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤