Siraha Times
ताजा समाचार

लहान नगर पालिकाले अबैधानिक रुपले आधार भुत शिक्षक लाई सरुवा गरेको भन्दै गरे पत्रकार समेलन

  • साउन २५, २०७७
  • १५६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २५ श्रावण - लहान नगर पालिकाले आधार भुत शिक्षकहरुलाई सरुवा गरेको भन्दै शिक्षक संघ कार्य समिती लहानले आक्रोश व्यक्त गरेका छन् । आधारभुत शिक्षक लाई अबैधानिक तरिकाले सरुवा गरेको भन्दै लहानका सयौं शिक्षकहरुले आन्दोलनमा उत्रिने लहान नगर पालिका लाई पत्रकार समेलनमा चेतावनी दिएका छन् ।स्थानीय तहलाई शिक्षक सरुवा गर्ने अधिकार नरहेको पीडितले बताए । नगरपालिकाले कुनै निर्णय नगरी एकासी होचुवाको भरमा सरुवा गरेको यो सरुवा अबैधानिक छ शिक्षक संघका सह संयोजक हमालले बताए । करिब ८० जना आधारभुत शिक्षकलाई सरुवा गरेको छ । लहान नगर पालीकामा जम्मा ५९ बिध्यालय रहेका छन् । शिक्षा ऐन २०२८ र शिक्षा नियमाबलि २०५९ नबौ संसोधन कायम गरेको छ । संघिय शिक्षा ऐन नबनि सकेको अबस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुदे अधिकारमा शिक्षक सरुवा, बढुवा गर्न उल्लेख नरहेको बताए ।सामुदायिक बिद्य्यालयका शिक्षकहरुको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा बिकास तथा समन्वय ईकाईलाई मात्र रहेको शिक्षा ऐनमा उल्लेख छ । कोरोना महामारीले बिद्य्यालयहरु बन्द रहेको अबस्थामा धेरै महिला शिक्षकहरुलाई अपायक पर्ने ठाँउमा सरुवा गरेका छन् ।पक्ष पातको भर्मा सरुवा गरेको छ । सरुवा पत्र नगर प्रहरी मर्फद घर - घरमा पठाएको बताए ।नेपालको ७५३ स्थानीय तहले कहिँ कतै यसरी एकै पल्ट सबै लाई सरुवा गरेको देखिएन यस्ता सरुवाले शिक्षकहरुको मान्सिकता खल्बलिएका छ्न । संयुक्त संघष समिति चरण बध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१