सिरहाको सिडिओ कार्यालयमा सेवाग्राहीको लागि कलेण्डर विधि : सिडिओ कणेल

  • साउन २३, २०७७
  • १५८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो सेवा प्रदान गरिने बताएका छन् । कार्यालयले एक सूचना प्रकाशित गर्दै सिरहा जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहहरुलाई बार (दिन) अनुसार मात्र सिन्डीकेट (आलोपालो) सेवा दिने बताइएको छ । सिडओ कणेलले कार्यालयमा भीडभाड नहुन दिन तथा भौतिक दुरी कायमको नियमलाई पूर्णत कार्यन्वयनको लागि यो सेवाग्राहीलाई सिन्डीकेट लागू गरिएको बताए । सूचनामा आईतबारका दिन धनगढीमाई नगरपालिकाको वडा नं. १२, १३ र १४ बाहेक र लक्ष्मीपुरपतारी वडा नं. ६ बाहेकका सबै वडाहरुलाई मात्र सेवा दिने भएको छ । लागू गरिएको कलेण्डर विधि अनुसार अर्को सूचना नआएरसम्म प्रत्येक आईतबार यी स्थानीय तहको सूचनामा जारी भए अनुसारका सेवाग्राही मात्र जान आग्रह गरिएको छ । सोही क्रममा सोमबार सुखिपुर नगरपालिका र नवराजपुर गाउँपालिकाको वडा नं. १ बाहेक र गोलबजारका सबै वडाहरुलाई मात्र सेवा प्रदान गर्ने भएको छ । सिडिओ कणेलका अनुसार केही वडाको कार्य ईलाका प्रशासन कार्यालय लहानमा समेत भएकोले वडाहरु कटौती गरिएको हो । यस्तै, मँगलबार औरही, बरियारपट्टि र अर्नमाका सबै वडाहरुका सेवाग्राही, बुधबार मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका सबै वडाका सेवाग्राही, विहिबार कल्याणपुर, नरहा र विष्णपुर गाउँपालिकाका सबै वडाका सेवाग्राहीहरु मात्र सेवा पाउने भएको छ । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाका सेवाग्राहीहरुले मात्र सेवा पाउने भएको छ । तोकिएको दिनमा तोकिएको स्थानीय तहको, तोकिएको वडाको सेवाग्राहीलाई सेवा नदिने भएकोले आफ्नो पालो आउने दिनमा मात्र जिल्ला प्रशासन कार्यालय सिरहा आउन आग्रह गरेका हुन् । सिडिओ कणेलका अनुसार, शान्ती सुरक्षाको विषय, कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु सबै कार्य दिन हुने जनाएका छन् । वृद्धवृद्धा तथा फरक क्षमता भएका सेवाग्राहीलाई जुन बेला पनि प्राथमिकता दिने जनाइएको छ । यसका साथै, कार्यालयमा आउँदा मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने तथा समाजिक दुरीको नियम (२ मिटर) अनिवार्य रुपमा कामय गरे मात्र सेवा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

दोस्रो सुरुङा राष्ट् ...

ओम प्रकाश  यादव लहान , फागुन ५ । महिला तथा बालबालिका सशक्तीकरणलाई मूल नारा बनाउँदै दोस्रो सुरुङ ...

सुरुङा न.पा.मा नवनिर ...

लहान फाल्गुण ४। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समु ...

उखु खेतीमा आगलागी, म ...

लहान, फागुन ४ । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठूलो क्षति पु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१