सिरहाको सिडिओ कार्यालयमा सेवाग्राहीको लागि कलेण्डर विधि : सिडिओ कणेल

  • श्रावण २३, २०७७
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो सेवा प्रदान गरिने बताएका छन् । कार्यालयले एक सूचना प्रकाशित गर्दै सिरहा जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहहरुलाई बार (दिन) अनुसार मात्र सिन्डीकेट (आलोपालो) सेवा दिने बताइएको छ । सिडओ कणेलले कार्यालयमा भीडभाड नहुन दिन तथा भौतिक दुरी कायमको नियमलाई पूर्णत कार्यन्वयनको लागि यो सेवाग्राहीलाई सिन्डीकेट लागू गरिएको बताए । सूचनामा आईतबारका दिन धनगढीमाई नगरपालिकाको वडा नं. १२, १३ र १४ बाहेक र लक्ष्मीपुरपतारी वडा नं. ६ बाहेकका सबै वडाहरुलाई मात्र सेवा दिने भएको छ । लागू गरिएको कलेण्डर विधि अनुसार अर्को सूचना नआएरसम्म प्रत्येक आईतबार यी स्थानीय तहको सूचनामा जारी भए अनुसारका सेवाग्राही मात्र जान आग्रह गरिएको छ । सोही क्रममा सोमबार सुखिपुर नगरपालिका र नवराजपुर गाउँपालिकाको वडा नं. १ बाहेक र गोलबजारका सबै वडाहरुलाई मात्र सेवा प्रदान गर्ने भएको छ । सिडिओ कणेलका अनुसार केही वडाको कार्य ईलाका प्रशासन कार्यालय लहानमा समेत भएकोले वडाहरु कटौती गरिएको हो । यस्तै, मँगलबार औरही, बरियारपट्टि र अर्नमाका सबै वडाहरुका सेवाग्राही, बुधबार मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका सबै वडाका सेवाग्राही, विहिबार कल्याणपुर, नरहा र विष्णपुर गाउँपालिकाका सबै वडाका सेवाग्राहीहरु मात्र सेवा पाउने भएको छ । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाका सेवाग्राहीहरुले मात्र सेवा पाउने भएको छ । तोकिएको दिनमा तोकिएको स्थानीय तहको, तोकिएको वडाको सेवाग्राहीलाई सेवा नदिने भएकोले आफ्नो पालो आउने दिनमा मात्र जिल्ला प्रशासन कार्यालय सिरहा आउन आग्रह गरेका हुन् । सिडिओ कणेलका अनुसार, शान्ती सुरक्षाको विषय, कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु सबै कार्य दिन हुने जनाएका छन् । वृद्धवृद्धा तथा फरक क्षमता भएका सेवाग्राहीलाई जुन बेला पनि प्राथमिकता दिने जनाइएको छ । यसका साथै, कार्यालयमा आउँदा मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने तथा समाजिक दुरीको नियम (२ मिटर) अनिवार्य रुपमा कामय गरे मात्र सेवा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१