दलित महिला स्कुलकाे अध्यक्ष बन्दा लगाएकाे तालाबन्दी खुल्यो

  • साउन २२, २०७७
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय महरा /सिरहाको मिर्चैया नगरपालिका ४ स्थित अाधारभुत प्रा.वि. मा केहिदिन पहिले गैरदलितले स्कुलमा जातीय बिभेदकै कारणले स्कुलमा ताला लगाएका थिए । मधेसमा दलित समुदायको महिला स्कुलकाे विधालय समिति बनेपछि उच्च जातका ब्यत्तिहरूले तालाबन्दी गरेकाे थियाे । अाधारभुत प्रा.वि.स्कुलमा अधिकांस दलित समुदायका बाल बच्चाहरू पढने गरेकाे हाे । त्यहीँ बिधालयका अभिभावकहरूले सर्वसम्मतले चन्दा भवानी महरालाई निर्वाचित गरेकाे हाे । केही दिन पहिले स्कुलमा तालाबन्दी काे समाचार संचारमाध्यम्मा अाएपछि जिल्ला प्रशासन कार्यालय सिरहाकाे अगुवाइ मा स्कुलमा लगाएकाे ताल्चा बुधबार ताेडिएकाे हाे । मंगलबार मिर्चैया नगरपालिकाकाे कार्यालमा जिल्ला प्रशासन कार्यालय सिरहाका जिल्ला प्रमुख अधिकारी , जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख , ईलाका प्रहरी कार्यालय मिर्चैया का प्रमुख, मिर्चैया नगरपालिका का मेयर श्रवण यादब, स्कुलका प्रधानाध्यापक र भवानी महरा विच छलफल गरि बुधवार ताल्चा ताेडेर स्कुल संचालन गर्ने भनी निर्देशन जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेल ले निर्देशन दिएकाे हाे । दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहा का सचिव संजय महराले दलित हरूले अाफ्नाे हक अधिकार काेलागि दृढताका साथ अगाडि बढेपछि मात्र अधिकार पाउने वताउनु भएको हाे ।महराले अगाडि भने मिर्चैया ४ काे अाधारभुत स्कुलमा प्रशासनकाे अगुवाइमा ताल्चा फाेडेर सहज बतावरण भएकाेमा खुसि ब्यत्त समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा लागुऔषधसहि ...

लहान कात्तिक १८ । सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोहर्वास्थित जनता नमुना माध्यमिक विद ...

सिरहामा लागु औषधसहित ...

लहान कात्तिक १८ । जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितमा ब्राउन सुगर सेवन तथ ...

साना किसान कृषि सहका ...

रासिन्द्र यादव सप्तरी कात्तिक १८ । सप्तरीको खडक नगरपालिका–१ सिस्वा बेल्हीस्थित साना किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१