ताजा समाचार

लहान नगरपलिकाले हचुवाको भरमा शिक्षक सरुवा गरेको नेपाली काङ्ग्रेसको ठहर , फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

  • साउन २१, २०७७
  • २२७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २१, श्रावण । सामुदायिक बिधालय अन्तर्गत प्राथमिक तहमा कार्यरत शिक्षकलाई लहान नगर पालिकाको शिक्षा समितिले शिक्षा ऎन विपरीत सरुवा गरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस नगर कार्यसमिति लहानका सभापति सुनिल कुमार महतोले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सरुवाको निर्णय खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन । शिक्षा ऎन २०२८ , शिक्षा नियमावली २०५९ परिवर्तन नहुदै नगर प्रहरी मार्फत शिक्षक सरुवाको पत्र शिक्षकको घर घरमा पुर्याउनु शिक्षा समितिको निरङकुशताको परिचय भएको सभापति महतोको ठहर रहेकोे छ । नेपाल शिक्षक संघ नगर समिति लहानले साउन ८ गते लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझादा पनि कुनै प्रतिक्रिया नदिएकोले बाध्य भएर बिज्ञप्ति निकाल्न परेको सभापति महतोले जनाए । स्थानीय तहको २३ बुदे अधिकार भित्र समेत शिक्षक सरुवा गर्ने अधिकार नभएको जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मधेश मीडिया

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤