ताजा समाचार

सिरहाको मिर्चैया राघोपुर ३ का अध्यक्ष कुसियैत भ्रष्टाचारी गरेको दलित समुदायको आरोप

  • साउन १२, २०७७
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १२ श्रावण - स्थानीय सरकार र प्रदेश सरकारबाट उपलब्ध विभिन्न योजनाहरु आफ्नै गाउँमा लागू गरि आफुहरुलाई सेवा, सुबिधाबाट बन्चित गर्दै आएको भन्दै राघोपुरबासीले बिरोध जनाएको छ । सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३ राघोपुरको करिब ६० घर द्लित समुदायलाई बाईकाठ गरि दलित भनेर हेपने गरेको भन्दै पत्रकार समेलन गरेका हुन् । सभासद राजकिशोर यादवको संसदियकोषको बजेटमा वडा अध्यक्ष यादवले आफु संग नजदिकको ब्यक्तीहरुलाई सेवा सुविधा दिने गरेको स्थानीयको आरोप रहेको छ । नगरपालिका द्वारा दिईएको कुट्टी काट्ने मेसिन ४ थान, घर छाउने जस्ता पाता, डिप बोरिङ ४ थान, नगर र प्रदेश गरि २.५ लाखको कोरोना कोष, किसानको लागि मल -बीउ लगायतका सेवा सुविधा बाट बन्चित भएका छन् । घर छाउने जस्ता पाताको लागि राघोपुरबासी ले करिब तीन महिना देखि योजना संचालन गर्न माग गर्दै आएका छन । दलितहरुले । विवादको क्रममा वडा अध्यक्ष यादव, किशोर यादव ले सदाय,लाई गाली गलौज समेत गरेको हो । वडा अध्यक्ष हरि कुशियैत यादव काखा पाखा गरेको आरोप लागेको छ । डोमीनी देवी सदाय ,रुपेश सदाय, सहित ६ जनालाई कुटपिट गरिएको थियो । कुटपिटमा उमेश सदायको टाउकोमा गम्भीर चोट लागेको थियो।असार १८ गते वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए। वडा अध्यक्ष यादवले श्रावण ४ गते तालाबन्दी खोल्ने प्रयास गर्दा झडप भएको थियो। झडमा करिब आधा दर्जन दलित युवा र दलितहरु महिलाहरु घाईते भएका छन।वडा अध्यक्ष हरि कुशियैत यादव काखा- पाखा गरेको स्थानीयले आरोप लगाएको छ।अध्यक्ष यादवले दलितहरुलाई मान्छे नै गनिदैन पशु जस्तै ब्यवहार गर्ने गरेको एक पीडितले बताए । बिकासको नाममा आफ्नो घर नजिक मात्र बिकासमा तेज रहेको स्थानीयको आरोप रहेको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤