सिरहाको मिर्चैया राघोपुर ३ का अध्यक्ष कुसियैत भ्रष्टाचारी गरेको दलित समुदायको आरोप

  • साउन १२, २०७७
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १२ श्रावण - स्थानीय सरकार र प्रदेश सरकारबाट उपलब्ध विभिन्न योजनाहरु आफ्नै गाउँमा लागू गरि आफुहरुलाई सेवा, सुबिधाबाट बन्चित गर्दै आएको भन्दै राघोपुरबासीले बिरोध जनाएको छ । सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३ राघोपुरको करिब ६० घर द्लित समुदायलाई बाईकाठ गरि दलित भनेर हेपने गरेको भन्दै पत्रकार समेलन गरेका हुन् । सभासद राजकिशोर यादवको संसदियकोषको बजेटमा वडा अध्यक्ष यादवले आफु संग नजदिकको ब्यक्तीहरुलाई सेवा सुविधा दिने गरेको स्थानीयको आरोप रहेको छ । नगरपालिका द्वारा दिईएको कुट्टी काट्ने मेसिन ४ थान, घर छाउने जस्ता पाता, डिप बोरिङ ४ थान, नगर र प्रदेश गरि २.५ लाखको कोरोना कोष, किसानको लागि मल -बीउ लगायतका सेवा सुविधा बाट बन्चित भएका छन् । घर छाउने जस्ता पाताको लागि राघोपुरबासी ले करिब तीन महिना देखि योजना संचालन गर्न माग गर्दै आएका छन । दलितहरुले । विवादको क्रममा वडा अध्यक्ष यादव, किशोर यादव ले सदाय,लाई गाली गलौज समेत गरेको हो । वडा अध्यक्ष हरि कुशियैत यादव काखा पाखा गरेको आरोप लागेको छ । डोमीनी देवी सदाय ,रुपेश सदाय, सहित ६ जनालाई कुटपिट गरिएको थियो । कुटपिटमा उमेश सदायको टाउकोमा गम्भीर चोट लागेको थियो।असार १८ गते वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए। वडा अध्यक्ष यादवले श्रावण ४ गते तालाबन्दी खोल्ने प्रयास गर्दा झडप भएको थियो। झडमा करिब आधा दर्जन दलित युवा र दलितहरु महिलाहरु घाईते भएका छन।वडा अध्यक्ष हरि कुशियैत यादव काखा- पाखा गरेको स्थानीयले आरोप लगाएको छ।अध्यक्ष यादवले दलितहरुलाई मान्छे नै गनिदैन पशु जस्तै ब्यवहार गर्ने गरेको एक पीडितले बताए । बिकासको नाममा आफ्नो घर नजिक मात्र बिकासमा तेज रहेको स्थानीयको आरोप रहेको छ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१