Siraha Times
ताजा समाचार

कमला बचाउ अभियानलाई निरंतरता दिदै धनुषाको रामघाटमा बृक्षारोपन

  • साउन ११, २०७७
  • १५०१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

धनुषा,साउन ११ गते ।धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. १ को रामघाट स्थित पोखरीको डिलमा शनिवार वृक्षारोपण गरिएको छ । कमला बचाउ अभियानको आयोजनामा भएको सो वृक्षारोपण कार्यक्रममा राजवृक्ष , साल , निम , गुलमोहर लगायतका विभिन्न प्रजातिका बोटहरु लगाईएको छ । कार्यक्रममा ५०० जना साधुसन्तहरुको लागि भन्डार(भोजन)को व्यवस्था समेत गरिएको कमला अभियानी बिरेन्द्र यादवले बताएका छन । कमला अभियानको पहलमा कमला नदीको किनारमा पोखरी निर्माण गरिएको छ । पर्यटकहरुको मनोरंजनलाई ध्यानमा राखी कमला अभियानीहरुको श्रम योगदानबाट दुई वटा पोखरी समेत निर्माण गरिएको कमला अभियान संयोजक बिक्रम यादवले जानकारी दिएका छन । पोखरीहरु पर्यटकहरुलाई आकर्षित गर्ने र कमलातिर जाने पर्यटकहरुको संख्या बढाउन समेत मदत गर्ने उनले बताए । कमला अभियानको पहल र शहिदनगर नगरपालिकाको सहयोगमा प्रदेश सरकारको सशर्त अनुदानबाट निर्माण भएको कमला अभियान धर्मशाला , कार्यालयको शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादवको नेतृत्वमा अनुगमन समेत गरिएको छ । साथै अभियानका संयोजक बिक्रम यादवले कमला नगरपालिकाको कमला नदी छेउमा निर्माण गरिएको तटबन्धको अनुगमन गरेको छ । कार्यक्रममा शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादव ,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , कमला अभियानीहरु बिरेन्द्र यादव , राजकिशोर सल्हैता , नेपाल प्रेस युनियन धनुषाका सदस्य पत्रकार किशोर मण्डल , पत्रकार नरेशचन्द्र बरबरिया,सुरेन्द्र यादव लगायतका कमला अभियानीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१