कमला बचाउ अभियानलाई निरंतरता दिदै धनुषाको रामघाटमा बृक्षारोपन

  • साउन ११, २०७७
  • १३८० पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

धनुषा,साउन ११ गते ।धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. १ को रामघाट स्थित पोखरीको डिलमा शनिवार वृक्षारोपण गरिएको छ । कमला बचाउ अभियानको आयोजनामा भएको सो वृक्षारोपण कार्यक्रममा राजवृक्ष , साल , निम , गुलमोहर लगायतका विभिन्न प्रजातिका बोटहरु लगाईएको छ । कार्यक्रममा ५०० जना साधुसन्तहरुको लागि भन्डार(भोजन)को व्यवस्था समेत गरिएको कमला अभियानी बिरेन्द्र यादवले बताएका छन । कमला अभियानको पहलमा कमला नदीको किनारमा पोखरी निर्माण गरिएको छ । पर्यटकहरुको मनोरंजनलाई ध्यानमा राखी कमला अभियानीहरुको श्रम योगदानबाट दुई वटा पोखरी समेत निर्माण गरिएको कमला अभियान संयोजक बिक्रम यादवले जानकारी दिएका छन । पोखरीहरु पर्यटकहरुलाई आकर्षित गर्ने र कमलातिर जाने पर्यटकहरुको संख्या बढाउन समेत मदत गर्ने उनले बताए । कमला अभियानको पहल र शहिदनगर नगरपालिकाको सहयोगमा प्रदेश सरकारको सशर्त अनुदानबाट निर्माण भएको कमला अभियान धर्मशाला , कार्यालयको शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादवको नेतृत्वमा अनुगमन समेत गरिएको छ । साथै अभियानका संयोजक बिक्रम यादवले कमला नगरपालिकाको कमला नदी छेउमा निर्माण गरिएको तटबन्धको अनुगमन गरेको छ । कार्यक्रममा शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादव ,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , कमला अभियानीहरु बिरेन्द्र यादव , राजकिशोर सल्हैता , नेपाल प्रेस युनियन धनुषाका सदस्य पत्रकार किशोर मण्डल , पत्रकार नरेशचन्द्र बरबरिया,सुरेन्द्र यादव लगायतका कमला अभियानीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१