एसपी पन्त र क्राईन ब्रान्चको प्रमुख यादबको सक्रियतामा ६ महिनामा करिब ५ करोडको अवैध समान लियो नियन्त्रण

  • साउन ६, २०७७
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णा यादब वीरगंज ६ श्रावण। जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा, सटसुटिङ, हाडवेयर, मरिच, मोटर, छोहडा लगाएतको अवैध समानहरु, भंसार छलेर नेपाल भित्रयाउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भंसारमा बुझाएको छ । त्यसै गरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पन्तले ८२ लाख १४ हजार ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको १७ जना ब्यक्तीहरुलाई श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्धा चलाएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

पर्सा प्रहरीले ३ करोड २ लाख ५९ हजार ३ सय ३२ रुपैया बराबरको तस्करीको समान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताउनुभएको छ। पर्सा प्रहरीले पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेको र बिभिन्न मुद्दामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको क्राइम ब्रान्च टोलीका ईन्चार्ज प्रहरी निरिक्षक रबिभुषण यादबले बताउनुभयो। पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकालमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिले सम्म ७८४ मुद्धा र्फछर्ट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासि निकै खुशि रहेको जानकारहरुले बताएका छन् ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् । पर्सा प्रहरी उपरीक्षक पन्तले लकडाउनलाई सफल पार्नको लागि १८/१८ घण्टा अाफै डियुटी गरि लकडाउनको पालना गराई सफल बनाउनु भएको छ। त्यस्तै वीरगंजको घंटाघर देखी मुर्लिसम्म नाला सरसफाई अन्र्तगत भारतिय महावाणिज्य दुतावास सम्मको नाला सरसफाई गरिएको त्यसैगरी वीरगंजको भगवति टोलको नाला पनि सरसर्फाइ गरिएको छ । त्यस्तै व्यवस्थित बनाउनका लागि सडकमा जथाभावि छोडिएका छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिइएको छ। आज वीरगञ्जको विभिन्न क्षेत्रबाट २० वटा छाडा चौपाय नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका छाडा चौपायलाई आर्दशनगरस्थित काँजी हाउसमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरीनेमा अभियानताहरु विश्वस्त छन् । त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन् ।

क्राईम टोली प्रहरीको ईन्चार्ज रबि भुषण यादबको सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।भने त्यसै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि अाएपछि पर्सा जिल्लाका बासिहरु क्राईम ब्रान्च प्रमुख यादब र प्रहरी उपरीक्षक पन्त संग निकैने खुशी रहेको पर्सा जिल्लाका स्थानिय जितेन्द्र कुशवाहाले बताउनु भयो। जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको प्रहरी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको बताइन् । पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन । पन्त भन्छिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सबल महासङ्हजलवायुमैत ...

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने ...

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

गुणस्तर सेवा प्रवाह ...

रहमुल लहान २७ जेठ । सिरहाको लहान स्थित रहेको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१