ताजा समाचार

सप्तरीमा दलित युवाको हत्या अपराधीलाई कडा कार्बाहीको माग : दलित अभियान्ता संजय

  • साउन २, २०७७
  • २०२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २ साउन - धनुषाकाे शम्भु सदाकाे हत्या नसेलाउदै सप्तरीमा दलित युवाकाे हत्या भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका कचनदाहाको त्रिभुवन रामलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको छ । हाम्रो दलित माथी दिन प्रति दिन घटना घाटदै गएको छ । गम्भीर ध्यानाकर्षण भएको छ। जनताको जीउ ज्यानको सुरक्षा प्रदान गर्न नसक्ने कस्तो सरकारको कानुन रहेको बताए ।नेपालमा शान्ति सुरक्षाकाे भराेषानै न रहेको स्थानीयको आरोप रहेको छ । प्रदेश नम्बर २ मा मधेशि दलितहरू माथि दिनदिनै जातीय छुवाछूत , विभेद, हत्या, हिंसा बढिरहेकाे बेलामा तिनै तहका सरकारकाे अाखा कहाँ बागिएको छ दलित माथी किन जादैन । प्रदेशमा उच्च जातजातिका ब्यक्ती माथि समान्य घटना घटेकाे भए पुरै नेपाल तातिने थियाे। तर गरिब निमुखा बिपन र मधेशका जिल्लामा गैर दलितद्वारा र सरकारका जिम्मेवार निकायद्वारा हत्या हुदा पनि सरकार अँखा बन्दगरेको छ । नागरिक समाज र राजनीति दलहरुको मुखमा बोलि नै छैन । दलित माथि एकपछि अर्को गरि भैरहेको नरसंहार को विरुद्ध संघर्ष जरूरी देखिन्छ । न्यायकाे लागि विभिन्न जिल्लाबाट पुग्नु भएकाे संयुक्त दलित माेर्चाका केन्द्रीय संयाेजक शिव कुमार महरा र दलित अधिकार कर्मी हरिन्नदन अम्बेडकर तथा अगुवा नेताहरूलाइ पुगेका छन्। दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहाका सचिव संजय महराले घटनाकाे निश्पक्ष छानविन र दाेषिमाथि कारवाहिकाे माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤