अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा

  • असार ३०, २०७७
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार ३०, जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताउनुभयो । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उहाँले जानकारी दिनुभयो । कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताउनुभयो । कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जेलर महासेठले बताउनुभयो । कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

टोकन मेशिन बिग्रिँदा ...

ओम प्रकाश यादव लहान, साउन १९ । राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा टोकन मेश ...

जसपा नेपाल सिरहाद्वा ...

ओम प्रकाश यादव, लहान साउन १८ । जसपा नेपाल सिरहा द्वारा सिरहा जिल्ला अधिकारीलाई ध्यानाकर्षण  ...

नारायणी अस्पतालमा पह ...

वीरगंज १८ साउन । वीरगंजको नारायणी अस्पतालमा छाला सम्बन्धी एक दुर्लभ, प्राणघातक र जटिल रोग टक्सिक इपि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१