ताजा समाचार

पत्रकार महासंघको बैठकले गरेका निर्णयहरु

  • असार ३०, २०७७
  • ९२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३०, आसार । नेपाल पत्रकार महासंघ शाखा सिरहाको सोमबार आकस्मिक बैठक सम्पनन भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षता र केन्द्रिय सदस्य देबकुमार यादबको प्रमुख आतिथ्यमा सिरहा सदरमुकामको जिल्ला शाखामा बसेको उक्त बैठकले तपसिल बमोजिमको निर्णयहरु गरेको छ । निर्णय नम्बर – (१.) जिल्लाका पत्रकारहरुको सिप र क्षमता अभिबृद्धी गर्न जिल्लाका १७ वटै स्थानिय तह लगायत सरोकारबाला संग समन्वय गरी माहासंघको आयोजनामा तालिम संञ्चालन गर्नको लागी स्थानिय तहहरुमा प्रस्ताब पेश गर्ने । (२.) जिल्लाका बिभिन्न मिडियाहरुमा प्रसारित , प्रकाशित बिज्ञापनमा एकरुपता ल्याउनका लागी जिल्लाका स्थानिय तहको प्रमुख लगायत सरोकारबालाहरु संग एक दिने अभिमुखिकरण ÷ अन्तरक्रिया गर्ने । (३.) नेपाल पत्रकार महासंघ जिल्ला शाखाका साधारण सदस्य रहेको गोपाल प्रसाद गुप्ता रैनियारले पत्रकार आचार संहिता बिपरितका क्रियाकलाप गरेको लगायत अबैधानिक गतिबिधिहरुमा संल्गन रहेको उजुरी माहासंघमा आएकाले स्पस्टिकरणका लागी ७ दिनको समय अबधी तोक्ने । (४.) जिल्लाको कार्य – समिति संग समन्वय गरेर जिल्ला शाखामा आबद्ध महासंघको सदस्यहरुले साउन महिनाको अन्तिम सम्ममा अनिबार्य सदस्यता नबिकरण गर्नुपर्ने, नबिकरण शुल्क महासंघको राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गर्ने , भौचर महासंघमा पेश गर्ने । (५.) सिरहाको बिष्णुपुर गाउँपालिकामा महासंघको भवन निर्माण गर्नका लागी गाउँपालिका अध्यक्ष जागेश्वर यादबको बिशेष सहयोगमा करिब डेढ कठ्ठा ऐलानी जग्गा दिएको साथै आगामी आर्थिक बर्षमा भवन निर्माण गर्न गाउँसभा बाट ५ लाख रकम बिनियोजन गरेकोले जिल्ला शाखाले गाउँपालिकालाई धन्यबाद दिने लगायतको निर्णय गरेको महासंघका कोषाध्यक्ष मनोज बनैताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤