ताजा समाचार

पुस्तौं पुस्ता देखि भोगचलन गर्दै आएका पोखरी गाउँ पालिका ले लगाए ठिक्का

  • असार २७, २०७७
  • २१३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २७, आसार । अदालतमा मुद्दा चलिरहेको अवस्थामा लक्ष्मीपुर पतारी गाउँपालिकाले पोखरी ठेक्का लगाएको भन्दै स्थानीयले आपत्ती जनाएको छ । लक्ष्मीपुर पतारी १ स्थित रहेको दुर्गा मन्दिर पोखरी मंगल साहु र धनराज साहुका सन्तानहरुले भोगचलन गर्दै आएका छन् । स्थानीय मुसहरु साहले मुद्दाको टुङ्गो नलागेसम्म गाउँपालिकाले सो पोखरी ठेक्का नलगाउनु पर्ने हो । मुसहरु साहले यसअघि आदालतमा मुद्दा दिएका थिए । मुसहरु साहले मुद्दा चलिरहेको अवस्थामा गाउँपालिकाले आदालतको आदेशलाई सिधै अपमान गरेको आरोप लगाएका छन् । पोखरीको भोगचलन गर्दै आएका लक्ष्मीपुर पतारी १ रामपुर बस्ने शम्भुप्रसाद साहले साबिक गाबिस पिप्रा प्रध ७ हाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा १ मा करिब एक बिघा १८ कठ्ठा क्षेत्रफलमा अबस्थित पोखरी पुस्तौदेखि आफनो बाउबाजेले ब्यत्तिगत रुपमा भोगचलन गर्दै आएको उनले दाबी गर्दै आएका छन् । स्वर्गीय मंगल साहु र धनराज साहु दुई दाजु भाई थिए ।

बि.सं. १९५९ मा पोखरी खरिद गरी आफनो बाउ बाजेको पालादेखि भोगचलन गर्दै आएका छन् । भोगचलन गर्दै आएका अर्का नबिनकुमार गुप्ताले स्थानीय तहको चुनाब हुनु आगाडि २०७२ मा गाउँका ५ जना महेन्द्र साह , मुसहरु साह, शंकर साह ,गौरी शंकर साह, बेचन मोचीले पोखरी कसैको ब्यक्तिगत हैन सार्बजनिक हो भन्दै जिल्ला आदालत सिरहा, पुनराबेदन आदालत राजबिराजमा मुद्दा दिएका थिए । अहिले यो मुद्दा जिल्ला आदालतमा मुल्तबीमा रहेको साथै सर्बाेच्च आदालतमा गईसकेकोले सुनवाई नहुन्जेलसम्म पोखरीको माछा वाली रोक्का रहेको छ । गाउँपालिकाले कुन आधारमा यो सार्बजनिक सम्पती हो भनेर ठेक्का लगाएको स्थानीय मुसहरु साहले बताए ।

भोगचलन गर्दै आएका परिवार सदस्यले गाउँपालिका सिधै हाम्रो परिबारमाथी राजनीतिक प्रहार गरेको आरोप लगाएका छन् । मुद्दाको फैसला भएको छैन । गाउँपालिकाले २०७६ फागुनमा स्थानीय सियाराम मुखियालाई सो पोखरी ठेक्का दिएको हो । पोखरी हाम्रो बाउ बाजेको नीजि सम्पती हो । हामीसंग प्रमाण छ । हामी आदालतमा मुद्दा लडिरहेको छु । आदालतले पोखरी सार्बजनिक सम्पती हो भन्ने लिखित आदेश दिएपछि मात्र गाउँपालिकालाई ठेक्का लगाउनु पर्ने उनीहरुको कथन हो । उता, गाउँपालिकाले स्थानीयबाट दश लाखको माछा झिकेर बाडफाँट गर्न लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤