सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग

  • असार २७, २०७७
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह , लहान २७ असार । नेपालमा बन्दाबन्दी भएको चार महिमा हुन लागयो। नेपालमा कोरोना दिन प्रतिदिन बढदै गई रहेको छ। यो भाईरस एक ब्यक्तीबाट अर्को ब्यक्तीमा न सरोस भने उदेश्यले नेपाल सरकार चैत ११ गते देखी देश ब्यापी रुपमा लकडाउनको घोषणा गरियो । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोविड १९ को रोकथाम तथा नियन्त्रणका लागी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा नगर पालिका भित्र रहेका ईलाका प्रहरी कार्यालय कडरबाेना शस्त्रबल बेस क्याम्प कुसहामा स्वास्थ सामाग्रीहरु वितरण गरेका छन् ।यस्तो महामारीको समयमा हामी ज्यानको प्रवाह नगरी नेपाल प्रहरी र शस्त्र प्रहरीले गाउँ गाउँमा सुरक्षामा खटिरहेको जनपथ प्रहरी कडरबाेना सप्तरीका इन्चार्ज तथा ईन्स्पेकटर राम राजा केसरीले बताए । यस्तो बिपतका घडीमा हामीलाई सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिन चाहन्छु । अर्का शस्त्रका इन्स्पेकटर अपार प्याकुरेलले भने मानव सेवा नै सबैभन्दा ठुलो सेवा हो । यो परिस्थितीमा सबैको सहयोग चाहिन्छ । सहयोग गरेको सामग्रीहरुमा, हयान्ड सेनिटाइजर ५०० सय ग्रामको १० पिस, सर्जिकल ग्लोबस १० प्याकेट ५०० सय जोडी, सर्जिकल माक्स २०० सय पिस , k 95 माक्स २०० सय पिस लगायतका स्वास्थ सामग्रीहरु सहयोग गरेको सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१