Siraha Times
ताजा समाचार

समृद्धिका लागि वृक्षारोपण युवा नेता चौधरी

  • असार २४, २०७७
  • १६०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको जमुनी नदीमा बुधवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जमुनी कठहा सिचाई योजना बहुअर्वा धनुषा सिचाई जलउपभोतmा संस्थाका अध्यक्ष प्रवेश चौधरीको अध्यक्षतामा एवम् जलश्रोत तथा सिचाई विकास डिभिजन धनुषाका प्रमुख भगवान झाको विशेष उपस्थितिमा भएको सो वृक्षारोपण कार्यक्रममा उपाध्यक्ष बतहु यादव , सचिव सुरेश ठाकुर , कोषाध्यक्ष रन्जुदेवी साह , सहसचिव प्रकाशदेवी मंडल , विश्वनाथ ठाकुर , अन्जनी झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । नहरको डिलमा १६ सय आंपका विभिन्न प्रजाति रुखहरु घेराबेरासहित रोपिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नदी र पर्यावरणको संरक्षणका लागि रुख रोपिएको बताएका छन । उनले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जमुनी नदी संरक्षणका लागि सरोकारबला निकायहरु लगायत स्थानीयहरुलाई समेत जोडका साथ लाग्न आग्रह गरेका छन । उनले सन्तुलित विकास र पर्यावरण संरक्षणका लागि सबैले हातेमालो गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका छन । विकास र पर्यावरण संरक्षण एकैसाथ गर्न सके मात्र विकासको अनुभूति गर्न सकिने उनले बताए । नदीका डिलहरुमा कसरी बृक्षारोपण गर्ने, संरक्षण गर्ने लगायतका नीतिगत विषयहरु स्थानीय तहबाट छलफल र कार्यान्वयन हुनु पर्नेमा जोर्ड दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१